आइतबार, मंसिर २ २०७५
काठमाडौं १३:३७
वासिङटन डिसी 02:52

भानु जयन्तीको अवसरमा हेरिसवर्गमा साहित्यिक कार्यक्रम सम्पन्न

इनेप्लिज २०७५ असार २६ गते २२:५७ मा प्रकाशित

भानु जयन्तीको अवसर पारेर जुलाई ८ तारिक आइतबारका दिन अमेरिकाको हेरिसवर्ग शहरमा मातृभाषा संरक्षण समूह र त्रिवेणी साहित्य मन्चको संयुक्त आयोजनामा भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको अध्यक्षता नवीन भट्टराई हुनुहुन्थ्यो भने साहित्य परिषद भूटानका अध्यक्ष भक्त घिमिरेको प्रमुख आतिथ्य रहेको थियो ।

प्रेम खनालले सन्चालन गरेको सो कार्यक्रमको संयोजकत्व बैरागी माइलाले गर्नुभएको थियो । करिब ५०-६० जना साहित्यिक मनहरु भेला भएको सो कार्यक्रम साहित्यमय बनेको थियो । कार्यक्रममा धेरै सर्जकहरुले आफ्नो सिर्जना वाचन गरेर सबैलाई मन्त्रमुग्ध बनाएका थिए । सोही कार्यक्रममा आर्थिक सहयोग गर्ने प्रेम घिमिरे, कृष्ण खनाल र गुरू सुवेदीलाई प्रशंसापत्रले सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट कविता वाचन गरेवापत प्रमुख अतिथिको हातबाट शेखर कोइराला र अवि अधिकारी पुरस्कृत पनि भएका थिए ।

अत्यन्तै सौहार्दपूर्ण रुपमा सम्पन्न भएको सो कार्यक्रममा “मातृभाषा संरक्षण समूह”ले तीन जना नेपाली भाषा साहित्य को संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्ने व्यक्तिलाई आठकाण्ड रामायण दिएर सम्मान गरेको थियो । सम्मान हुनेहरुमा भूटानी अगुवा समाजसेवी पदम रिजाल, कैलास धिताल र नवीन भट्टराई हुनुहुन्थ्यो ।

साहित्यमय सो कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले आफ्नो भाषा बचाउन लागिपरेका मातृभाषा संरक्षण समूह, त्रिवेणी साहित्य मन्च र अन्य संघ-संस्थाहरूलाई धन्यवाद दिँदै यस्ता कार्यक्रम भइरहे आउने पिडिहरुमा पनि आफ्नो भाषाप्रती माया जाग्ने अनि भविष्यमा हाम्रो भाषा बचाउने अभियान सफल हुने कुरामा जोड दिनुभएको थियो ।

प्रतिक्रिया