सोमबार, मंसिर ३ २०७५
काठमाडौं ०६:३४
वासिङटन डिसी 19:49

पुष्कर प्रजापति नेवा अर्गनाइजेसन अफ अमेरिका(एनओए) को कार्यबाहक अध्यक्ष पदमा नियुक्त

इनेप्लिज २०७५ असार २६ गते २१:२३ मा प्रकाशित

विजय थापा ,बबिता प्रधान श्रेष्ठ द्वारा नेवा अर्गनाइजेसन अफ अमेरिका(एनओए) को अध्यक्ष पद बाट राजिनामा दिए पछि सोही संस्थाका प्रथम उपाध्यक्ष पुष्कर प्रजापति कार्यबाहक अध्यक्ष पदमा नियुक्त भएका छन् ।

प्रजापति संस्थाको बिधान अनुसार उक्त पदमा नियुक्त भएको एक छापा बिज्ञप्ति द्वारा जानकारी गराएको छ । उनि ,बबिता प्रधान श्रेष्ठले गत जुन २७ तारिखमा अध्यक्ष पद बाट राजिनामा दिए पछि कार्यबाहक अध्यक्ष बनेका हुन् ।

नेवा अर्गनाइजेसन अफ अमेरिका(एनओए) ले बबिता प्रधान श्रेष्ठको राजिनामा स्वीकृत गर्दै आफ्नो कार्यकालमा गरेको सेवा र समर्पण प्रति सबै कार्यकारी समितिको तर्फ बाट धन्यबाद दिएको छ । साथै समितिले बबिता प्रधान श्रेष्ठलाई शुभकामना समेत व्यक्त गरेको छ ।

बबिता प्रधान श्रेष्ठले व्यक्तिगत कारण जनाई संस्थामा रहन नसक्ने भनि राजिनामा दिएकी थिइन् । नेवा अर्गनाइजेसन अफ अमेरिका(एनओए)को ईतिहासमा अध्यक्षले राजिनामा दिएको यो पहिलो घटना भएको छ ।

प्रतिक्रिया