बसले किच्दा एक पैदल यात्रुको मृत्यु

इनेप्लिज २०७५ असार २६ गते ११:५६ मा प्रकाशित

दाङ, २६ असार । ना ५ ख ५७६८ नंको बसले किच्दा तुलसीपुरमा मंगलबार एकजना पैदल यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ ।

तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रकाश सापकोटाका अनुसार अनुसार तुलसीपुर बसपार्कतर्फ गइरहेको सो बसले किच्दा शान्तिनगर गाउँपालिका वडा नं ३का ५५ वर्षीय लक्षीराम विटालुको मृत्यु भएको होे ।

उक्त बस र चालकलाई इलाका प्रहरीले नियन्त्रणमा लिइसकेको छ । अहिले तुलसीपुर बसपार्क तनावपूर्ण अवस्थामा छ

प्रतिक्रिया