छत विना पनि यति धेरै बच्चाहरु पाल्ने यी बिशाल मन भएकी समाजसेवी [हेर्नुहोस भिडियो साहित्]

इनेप्लिज २०७५ असार २६ गते १०:४२ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर : ललितपुरको कुसुन्ती हाईटमा नेपाल स्नेही काख नामक एक संस्था छ । ‘नेपाल स्नेही काख’ मानसिक सन्तुलन गुमाएर सडकमा आएका व्यक्तिलाई संरक्षण दिने संस्था हो । यो संस्था श्रनेहा पोखरेलले चलाएकी हुन् । नेपाल स्नेही काख लेखिएको यो टहरा भित्र मानसिक सन्तुलन गुमाउन पुगेका बालबालिका, युवा र बृद्धबृद्धा देखि भर्खर जन्मिएका शिशु समेत छन ।

श्रनेहा पोखरेल एउटा समाजसेवी मात्र नभएर मोडल पनि हुन्। ८ वर्ष देखि यस संस्था सञ्चालन गर्दै आएकी उनले सहाराविन बलबालिका तथा मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको आश्रय, भरण पोषण र उपचारमा यसैमा आफ्नो सबै कमाई लगाएकी छिन।

संस्था खोलेको आठौ वर्ष भईसकेको छ। शुरुवातको दिनहरुमा उनले आफ्नो गहना, फोन बेच्नु परेको र चामालसमेत अन्त माग्नु परेको तितो अनुभव उनले बताईन। यहाँ कलिलो उमेर देखिका बालबालिकालाई उनले आफ्नै सन्तान जसरी पालेकी छिन्। उनले यो कार्य गर्दा आफुले धेरै दुख सहनु परेको तर यहाँ बस्ने सदस्यहरुको मुस्कान देखेर खुशी मिल्ने उनले बताईन।

यसै क्रममा उनले धेरै साथ् दिने मानिसहरु पनि भेटाइन। पहिला ३ ४ जना महिलाहरुलाई उनले आश्रय दिएकी उनले अहिले थपिदै गएर ३२ जना सम्म पुगेका छन्। उनले ५७ व्यक्तिहरुलाई आश्रय दिईसकेकी छिन्। उनले ती मध्य २७ जनालाई ठिक बनाएर आफ्नो परिवारलाई जिम्मा लगाइसकेकी छिन्।

केहि सहयोगी हात र उनकै परिश्रमबाटै संस्था चलिरहेको छ । यस संस्थालाई सहयोग गर्ने सातजना छन् । केशवप्रसाद रिजाल, रिमला पोख्रेल, प्रदीप पोख्रेल, रोनी श्रेष्ठ, राहुल श्रेष्ठ, मनिषा थापा र सन्जोग श्रेष्ठ सबै जनाको लगाव उत्तिकै छ । उनीहरुले आफ्नो कमाएको पैसा पनि संस्थाको लागि खर्च गरेका छन्। यहाँ बसेका व्यक्तिहरुलाई उपचार गर्न कहिलेकाँही कोही व्यक्तिहरु आफ्नो जन्मदिन, म्यारिज एनिभर्सरी, सेलिब्रेट गर्न सस्थामा पुग्नेहरुले पनि सहयोगको सानो बाटो जुराएको छ ।

उनको टहरामा अहिले छतको आबश्यकता छ। धेरै पानी पर्दा सबै पानी भित्र पस्ने गर्छ। उनी भन्छिन,’मनिषा थापा र उनको आमाले टहराको छत मर्मत गर्न सहयोग गर्नुभयो। अझै पनि झ्यालबाट पानी पस्ने समस्या छ। खान त जसरी पनि दिउला तर चुहिएको छतमा सुताउन नपरोस। थोपा-थोपा मिलेर सहयोग मिल्छ भनेझै सानो-सानो सहयोगले गर्दा पनि धेरै सहयोग हुनेछ। बस्ने व्यबस्थापन राम्रो भईदिए देखि निकै राम्रो हुने थियो।’

उनले पिएनपिखबरमार्फत सहयोगको अपिल गर्दै भनिन्, ‘ठुलो रकम भन्दा पनि १०-१० रुपैयाले पनि अमुल्य सहयोग हुनेछ। तपाईहरुको साथ मिलेमा अर्को एउटा मान्छे बाटोमा रहन दिदैनौ। अर्की एक महिलाले बाटोमै बसेर गर्ववती हुने छैन, कुनै बच्चा बाटोमै नजन्मिने हाम्रो प्रतिबद्दता छ।’

प्रतिक्रिया