लाउडा विमान प्रकरणका आरोपी श्रेष्ठ विज्ञ समूहबाट आउट

इनेप्लिज २०७५ असार २५ गते ११:२३ मा प्रकाशित

काठमाडौं, २५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले लाउडा विमान भाडा प्रकरणको मुद्दाका आरोपित हरिभक्त श्रेष्ठलाई विज्ञको सूचीबाट हटाएका छन् ।

आइतबारको मन्त्रिस्तरीय निर्णयबाट श्रेष्ठलाई हवाई कानूनको विषयमा ज्ञाता रहेका श्रेष्ठलाई हटाइएको भन्ने उल्लेख छ ।

हरिभक्त श्रेष्ठ लाउडा विमान भाडा प्रकरणको भ्रष्टाचार विवादका प्रमुख आरोपित हुन् ।

प्रतिक्रिया