लागुऔषध सेवनका कारण सबै चिज गुमाएर अन्तमा मृत्युलाई जीतेर फर्कीएका सागरको घतलाग्दो भोगाई(अन्तरबार्ता)

इनेप्लिज २०७५ असार २५ गते ११:१६ मा प्रकाशित
सबै मानिसले सधै राम्रो बाटो लिन्छन भन्ने छैन मानिस बिग्रनछ,लड्छ ठोकिन्छ l व्यक्तिले जब मैले गलत बाटो रोजीरहेको छु भन्नेर आफ्नो कमजोरी पत्ता लगाउछ र सुधार गर्छ यतिबेला मानिस करिब करिब सत्मार्गमा छ भन्ने बुझ्न सकिन्छ l
 करिब ७ वर्ष अगाडी पोखरा महानगरपालिका काहुँडाडाका सागर आचार्यको दैनिकी बेग्लै थियो बिहान उठ्न साथ आज कहाँबाट लागूऔषध लाउने र आफ्नो लातको माग पुरा गराउने भन्ने हुन्थो लागूऔषधको नशामा उनि यतिसम्म डुबेकी उनले आफ्नै आमाको गरगहना बेच्नु पर्ने अवस्था आयो l उनि भन्छन् ” मैले मणिपाल अस्पतालमा बिरामी हुदा केही नपाएर ३ सलाइनको बोतल टोकेर भाए l उनको र परिवारको दैनिकी खपी नसक्नु भईसकेको थियो l समाजमा उनिसंग कोहि बोल्दैनथे अरु कसैको अभिबाबकले आफ्ना छोरा छोरी उनिसंग बेलेको देखे भने गाली गर्थे l
तर एकदिनको बिहान उनको जीवनमा यस्तो दिन आयो जुन दिन उनले कहिलै भुल्न सक्ने थिएन उनिसंगै लागूऔषध लिने २ जना साथिको मृत्यु भयो १ जनाको स्विजरल्याण्डमा त अर्को केटी साथीको भारतको गोवामा ओभरडोजका कारण मृत्युबरण गरे l त्यो खबरले उनलाई लाग्न थाल्यो अब मेरो हालत पनि
यै नै हो l संगै उनले धरैटिमा आमाको सुन राखेका थिए केही पैसाका लागी साथीसंग सापटी मागेर उनले उक्त सुन फिर्ता लिएर आमालाई बुझाए उनले आमाको मुहारमा भिन्दै खुशी देखे त्यो खुशीले उनलाई लाग्यो मैले मेरी आमाललाई कति लुटेको रहेछु lयी दुई घटनाले उनलाई यो सोच्न बाध्य बनायो अब म यो बाटो अगाडी बढ्नु हुदैन.
अहिले उनि खुशी छन् र लाग्न थालेको छ लागूऔषधमा रमाएको जिन्दगी भन्दा अहिले रमाइरहेको जिन्दगी सुखद रहेछ l हेर्नुहोस उनिसंग गरिएको कुराकानी l लागूऔषध दुर्ब्सनमा लागेकाहरुलाई यो लत छोड्नको लागी सोच्न बाध्य बनाउने उनको घत लाग्दो जीवन भोगाई

प्रतिक्रिया