जुनियर सिटिजन्स वृद्धाश्रममा

इनेप्लिज २०७५ असार २४ गते १२:५३ मा प्रकाशित
असार २४, पोखरा  – ‘सेवा नै धर्म हो’ भन्ने उद्देश्य का साथ सामाजिक उत्तरदायित्वमा जेसिए कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक सहयोग कार्यक्रम २०७५ राधाकृष्ण वृद्धाश्रम, पोखरा ३२ लामे आहालमा शनिवार सम्पन्न भयो ।
कार्यक्रमको व्यवस्थापन जुनियर सिटिजन्स एकेडेमीका होटेल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिजमका इन्चार्ज अरुण पौडेलले गरेका थिए । सो कार्यक्रममा कक्षा १२ का होटेल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिजम, व्यवस्थापन र विज्ञान सङ्कायका गरी ४५ जना विद्यार्थीहरु सहभागी थिए ।
वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा लिगलले जे. सि. ए. ले विद्यार्थीहरुलाई सामाजिक अभियन्ता बनाउने तर्फ लागेकोमा खुशी व्यक्त गरे । उनले यान्त्रिक बन्दै गइरहेको वर्तमान समयमा विद्यार्थीहरुलाई यसरी लोककल्याणको कार्यमा समर्पित गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रमका संयोजक पौडेलले आफू जहिल्यै सामाजिक अभियन्ता बन्न चाहेको र विद्यार्थीहरुलाई यस्ता कार्यक्रममा समावेश गर्नाले जिम्मेवारी बोध हुने धारणा व्यक्त गरे ।
विद्यार्थीहरुले नगद १५ हजार रुपैयाँ सङ्कलन गरी वृद्ध वृद्धाहरुका लागि दिउँसोका खाजा लगायत सामग्री खरिद गरेर आफैले खाजा समेत तयार गरे, खुवाए, उनिहरु सँग बसेर नाचगान गरे, रमाए र नाति नातिना जसरि एकैछिन हसाए पनि । आश्रम परिसरमा सरसफाइ गरे र फेरि आउने वाचासहित विदाइ भए ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरु स्नेहा सुनार र सरोज थापाले मन्तव्य राखे भने विद्यालयका तर्फबाट अतिरिक्त क्रियाकलाप प्रमुख ध्रुव थापा र महेश सेनले कार्यक्रमको बारेमा प्रकाश पारे । कार्यक्रम सञ्चालन विद्यालयका एकेडेमिक डिन सुन्दर मानन्धरले गरेका थिए ।

प्रतिक्रिया