सुरेन उप्रेती अटवा
जुलाई एक आईतवारका दिन ग्रेटर टोरोन्टो एरिया जिटिएमा रहेको ब्राम्टन शहरुमा एउटा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कन्सर्न नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा लामो समय देखि अमेरिकामा बसोवास गरेर सामाजिक छेत्रमा योगदान पुर्याउनु हुने खेम भट्टचन तथा वहाँकी श्रीमती कुसुम भट्टचन, प्रकाश शुभा, नेपाल लाई नेपाल क्यानडामा स्वागत गर्नुका साथै बुद्ध नेपालमा जन्मिएका हुन भन्ने अभियान संचालनमा तयार गरिएको ह्याट लगाएर सम्मान गरिएको थियो ।
केहि साथिहरु भेटघाट गरेर चिया खाएर मनाउँदै गरिएको क्यानडा डेलाई यस पटक भने अन्तर्क्रियाका रुपमा मनाइएको हो । परिचयको क्रममा अमेरिकामा रहेका नेपालीहरु फुट हुदा आफ्नो अस्तित्व र परिचय गुमराहको स्थितिमा गुज्रिएका नेपाललीहरुले एकतामा बाँधिना साथ ठूला ठूलाकामहरु गर्न सफल भएको उदाहरण खेम भट्टचनले दिनु भयो । अर्का वक्ता प्रकाश नेपालले नेपालीहरुले प्रवासमा रहँदा अरुले गरेका राम्राकामलाई कुनै आग्रह र पूर्वाग्रह नराखी प्रोत्साहित गर्नु पर्ने वताउनु भयो । आफु कविता भन्दै बिभिन्न ठाउँमा पुगेर नेपालीहरुलाई भेट गर्ने गरेको बताउनु भयो । त्यस्तै गरी शुभ नेपालले आफ्नो जीवनका अनुभवहरु सुनाउँदै नेपालीहरुले आफुरहेका ठाउँमा काम गरेका यदि भेदभावहरु भएका छन भने ती कुराहरुलाई वाहिर ल्याउनु पर्ने र सम्मानका साथ बाँच्नलाई आवाज उठाउनु पर्ने बताउनु भयो । नेपालीहरु पनि बिभिन्न स्थानमा हिंसामा परेको उदाहरण दिंदै ती आवाजहरुलाई सरकार समक्ष पुर्याउनु पर्ने भन्नु भयो ।
आफ्नो परिचयका दिँदै वेभ मिडिया इनेपालिज डटकमका प्रधान सम्पादक विश्वराज थापाले संसार भर छरिएर रहेका नेपालीहरुलाई सूचनाहरु प्रवाह गरेर सुसूचित गराउँदै आएको बताउनु भयो । यो यूग भनेको संचारको यूग भएकोले छिटो र छरितो ढंगले सुचना प्रवाह गर्न सबैको सहयोगबाट मात्र सम्भव हुन सक्छ भन्नु भयो । अटवाबाट आउनु भएका एनआरएनका पूर्व उपाध्यक्ष तथा बर्तमान एनआरएनए आइसिसिको भाषा साहित्य उपसमितिका क्यानडाका प्रतिनिधि सुरेन उप्रेतीलेआफ्नो परिचय दिंदै आफु एनआरएन उपाध्यक्ष हुँदा प्रवासमा रहने नेपालीवालवालिकाहरुका लागि कक्षा एक देखि आठ सम्मको पाठ्यपुस्तक सम्पादन गर्न सफल भएको र हाल आइसिसिको उपसमितिमा रहेर ती किताबहरुलाई संसारभर छरिएर रहेका वालवालिकाहरुलाई पढ्न पाउने बनाउन प्रयाश रत रहेको । हरेक महादेशबाट कम्तिमा पनि एक एक किताबलाई त्यहाँको स्थानिय भाषामा अनुवाद गर्ने । भानुजयन्तिलाई नेपाली भाषा र साहित्य दिवशको रुपमा मनाउन जस्ता निर्णयहरु गरी समितिल सबै एनसिसिहरुलाई पत्राचार गरी सकेको बताउनु भयो । भाषा रहे मात्र हाम्रो पहिचान रहनेछ । नत्र भाषा र संस्कृति विहिन भएर पहिचान विहिन हुनु पर्नेमा सचेत गराउँनु भयो ।
कार्यक्रममा क्यानडाका अवैतनिक पर्यटन दूत नरवहादुर टण्डनले आफ्नो विशाल ट्रकमा नेपाललाई राखि क्यानडाका सबै राज्यहरु र अमेरिकाका ४८ राज्यहरुमा नेपाललाई पुर्याएर पर्यटकहरुलाई नेपाल चिनाउने काम गरेको बताउनु भयो । र अब यूरोपमा पनि यसलाई विस्तार गर्न लालाहित रहेको कुरा राख्नु भयो । कन्सर्न नेपालको उधेश्य र यसले गर्दै गरेका गतिविधिका बारेमा सामाजिक अभियन्ता चन्द्र राईले बताउनु भयो । कार्यक्रममा एनआरएनका पूर्वअध्यक्ष अनिल थापा पूर्व प्रवक्ता किस्मत भण्डारी माधव गजुरेल झलक पौडेल आरोह उप्रेतीले आआफ्नो परिचय दिैदै विचार राख्नु भयो । कार्यक्रमको संयोजन कन्सर्न नेपालका सुवास दुतराजले गर्नु भएको थियो भने कार्यक्रमको संचालन गोविन्द सिवाकोटीले गर्नु भएको थियो । कफी र मफिन सहितको यो कार्यक्रम आयोजना गरेकोमा कन्सर्न नेपाललाई सबै सहभागिहरुले धन्यवाद दिएका थिए ।
https://www.facebook.com/enepalese/videos/1814573285296290/?t=1
प्रतिक्रिया