धादिङऽ १८ असार । लगातारको वर्षापछि आएको पहिरोले धादिङको कृष्णभीरमा एउटा जीप पुरिएको छ ।
पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट, रोराङ गाउँपालिकास्थित कृष्णभीरमा गएको पहिरोले लु १ ख २३४३ नम्बर जीप पुरेको हो ।
पहिरोमा जीप पुरिएपनि कुनै मानवीय क्षती भने भएको छैन । घटनास्थल पुगेको प्रहरीले जीप निकाल्ने कोशिस गरिरहेको छ ।
जीप अगाडि बढ्दै गर्दा माथिबाट आएको माटोले जीप पुरेको स्थानीयले बताएका छन्
प्रतिक्रिया