काठमाडौं, १४ असार । प्राध्यापक डाक्टर गोविन्द केसी अनशन बस्न जुम्लातर्फ प्रस्थान गरेका छन् ।
जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा भोली शुक्रबारबाट अनशन बस्ने केसीले जानकारी दिएका छन् ।
डा. केसी अहिले नेपालगन्ज पुगेका छन् । साँझसम्म जुम्ला पुगेर भोली बिहानबाट अनशन बस्ने केसीले बताए ।
सदाझैँ यस अनशनमा डा केसीका मागहरु समान छन् । चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै अनसन बस्न लागेका हुन् । डा. केसीले निःशुल्क पीजीपछि सेवा अवधि आफूहरुसँग सहमति भएअनुसार २ वर्ष कायम गर्ने बाहेक अध्यादेशमा परिर्वतन नगरी प्रतिस्थापन विधेयक ल्याउन सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
आफूसँग भएको सम्झौताअनुसार उपत्यका बाहिर प्रतिष्ठान वा सरकारी मेडिकल कलेज खोल्ने निर्णय भएपनि कार्यान्वयन झारो टार्ने खालका भएको उनले बताएका छन् ।
प्रतिक्रिया