सोमबार, मंसिर ३ २०७५
काठमाडौं १४:५४
वासिङटन डिसी 04:09

एसईईको परीक्षाफल सार्वजनिक

इनेप्लिज २०७५ असार ९ गते १४:३९ मा प्रकाशित

भक्तपुर, ९ असार : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज संवत् २०७३ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल सार्वजनिक गरेको छ ।

परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५१२, ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८७०, ‘सी’ ल्याउने एकलाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५८४ र ‘डी’ ल्याउने ५८ हजार ६८८ रहेका छन् ।

प्रतिक्रिया