बाल्टिमोर पशुपतिनाथ मन्दिरको सर्बसाधारणका लागि पूजा अर्चना गर्ने समय तालिका

इनेप्लिज २०७५ असार ८ गते २:१४ मा प्रकाशित

विजय थापा ,वाशिंगटन डिसी ,बाल्टिमोर स्थित पशुपतिनाथ मन्दिरको विधिवत उदघाटन गत जुन १७ का दिन भए पछि सर्बसाधारणका लागि पूजा अर्चना गर्ने समय तालिका निकालेको छ ।

गत जुन १७ का दिन अमेरिकाको लागि मरिससका राजदुत सुरज फोकिर उक्त मन्दिरको उद्घाटन गरेका थिए । मन्दिर द्वारा जारि सूचना अनुसार आरती बिहान ६ बजे र साँझ ७:३० मा गरिने छ । यसै गरि अभिषेक बिहान ९ देखि ११ बजे सम्म समय निर्धारण गरिएको छ ।

दर्शनको लागि हरेक सोमबार देखि शनिबार बिहान ६ बजे देखि १२ बजे सम्म मन्दिर खुला रहने छ भने यसै गरि साँझ ५ बजे देखि राति ९ बजे सम्म खुला रहने छ । आइतबार बिहान ६ बजे देखि राती ९ बजे सम्म दर्शन,पूजा अर्चना गर्न सकिने छ ।

गत जुन १० तारिख देखि १६ तारिख सम्म सप्ताहब्यापी श्रीमद भागवत महापुराण लगाईएको थियो । उक्त महापुराण कथा नेपाल बाट आउनु भएका नेपाली कथा वाचक पण्डित सूर्य मोहन आचार्य तथा पण्डित भिमराज कोइरालाले वाचन गरेका थिए ।

नेपालको पशुपतिनाथ मन्दिरको जस्तै दुरुस्त जस्ताको त्यस्तै (रेप्लिका ) भएको शिव लिङ्क मूर्ति जुन विश्व मै हिन्दु मन्दिरमा नेपालको पशुपतिनाथ बाहेक दोश्रो बाल्टिमोरमा रहेको छ । काठमाडौँको पशुपतिनाथ मन्दिरमा जुन बिधि अनुसार पूजा अर्चना हुन्छ सत प्रतिसत बाल्टिमोरको पशुपतिनाथमा पनि त्यहि प्रकृयाबाट नित्य पूजा अर्चना हुनेछ ।

प्रतिक्रिया