मान्छे होचो भएपनि मन र बिचार विशाल भएका कलाकार लोकनाथ ढकाल र उनको उदाहरणीय परिवार [हेर्नुहोस् भिडियो]

इनेप्लिज २०७५ असार ७ गते ९:२२ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। होचा कलाकार लोकनाथ ढकाल होचापुड्का व्यक्ति लगायत सबैको लागि प्रेरणा हुन् । उनले राष्ट्रिय नाचघरमा हरिप्रसाद रिमालद्वारा निर्देशित नाटक ‘यमपुरीमा जिउँदा मान्छे’मा पहिलोपटक अभिनय गरेका थिए। त्यस्पश्चात उनले चलचित्र ‘सन्तान’बाट ठूलो पर्दामा डेब्यु गरेका हुन्।

पुड्को भएकाले जीवनमा अनेकन संघर्ष गरेका उनले सयभन्दा बढी चलचित्र, टेलिचलचित्र र भिडियो चलचित्रमा अभिनय गरिसकेका छन्। उनले अभिनय गरेको लोकदोहोरी गीत ‘बल्लै भो भेट’ को म्युजिक भिडियो दर्शकहरुमाझ लोकप्रिय भएको थियो।

ढकाल होचापुड्का संघको संस्थापक समेत हुन्। अहिले उनी होचा पुड्का व्यक्तिहरुको लागि धार्मीक स्थान तथा संरक्षण केन्द्रको रुपमा वामनधाम निर्माण अभियानमा लागेका छन्।

लोकनाथ ढकाल आफ्नो विवाह पछि पनि चर्चामा आएका थिए। होचा कलाकार उनले अग्ली युवती विमला न्यौपानेसंग विवाह गरेपछि उनीहरुको जोडीको बारेमा सर्वत्र चर्चा भएको थियो।

लोकनाथ ढकाल भन्छन्, ‘विमला न्यौपानेसँग मेरो विवाह हुन्छ भन्ने क ल्पनै गरेको थिइनँ। प्रकृतिले सबै दिएको शिक्षित मान्छेले कसरी मन पराउला जस्तो लाग्यो। तर भयो। हाम्रो १५ दिनमा विवाहको कुरा छिनेको हो।’

‘मलाई तपाईं मन पर्‍यो, तपाईंलाई म मन पर्छु भने विवाहको मिति तय गरौं’ भनेर लेखिएको चिठी उतैबाट आयो। उनको त्यो चिठी पढ्दा मलाई सपना हो कि विपना पत्याउनै गाह्रो पर्‍यो भन्दै उनले आफ्नो प्रेम काहानी सुनाए।

‘भावीको लेखा नै हो, पाएँ मैले तिमीलाई’ भन्ने अर्को चिठी उनलाई फर्काएँ। एकै पटक देखेर एउटै चिठी लेखेर विवाह भएकोले उनी आफ्नो विवाहलाई लक म्यारिज भन्न रुचाउछन्।

यो जोडीका अहिले दुई सन्तान छन्। २५ वर्षीया छोरीले (मिनक्क्षि ढकाल वस्ती)विवाह गरिसकेर आफ्नो कन्सल्टेन्सी चलाइरहेकी छिन् भने २२ वर्षे छोरा (सागर ढकाल) चलचित्र ‘२ रुपैयाँ’ लगायत विभिन्न चलचित्र तथा नाटकमा काम गरेका छन् र मास्टर्सका विद्यार्थी समेत हुन्।

आफ्नो बुबाबाट सागर कलाकारिता क्षेत्रमा प्रेरित भएका हुन्। उनी भविष्यमा एक कुशल कलाकार बन्न चाहान्छन्। रेस्लिङ्ग पनि उनको सोख हो। आफ्नो सोख पुरा गर्न उनले रेस्लिङ्गमा समेत भाग लिएर जित हासिल गरिसकेका छन्।सागरलाई लोक सेवा लड्न लगाएर उच्च अहोदाको सरकारी जागिर खुवाउने उनको आमाको सपना रहेको छ।

कदको फरकले पनि प्रेममा असर नपारेको यो जोडी सुन्दर वैवाहिक जीवनमा रमाइरहेको छ। श्रीमती विमलाले पसल संचालन गरिरहेकी छिन् भने कलाकार ढकाल आफ्नो अभियानमा लागिरहेका छन्।

प्रतिक्रिया