लोक दोहोरी गायक राजु परिवार र माया गुरुङको ठाडो भाकामा दोहोरी घम्साघम्सी(भिडियो सहित)

इनेप्लिज २०७५ असार ६ गते १०:४४ मा प्रकाशित

ठाडो भाका लमजुङ, गोरखा, तनहूँ, कास्की तथा स्याङजा जिल्लामा प्रचलित छ । ठाउँ अनुसारमा यसमा केही स्थानीय भेदहरु भेटिन्छन् । स्याङजा जिल्ला वरपर ठाडो भाकालाई सालैजू भाकाको रुपमा लिने गरेको पाइन्छ । देउबहादुर दुराले सुरुवात गरेका ठाडो भाकालाई अन्य विभिन्न नामले पनि चिनिन्छ । जस्तै लमजुङे भाका, कर्पुटारे भाका, दुरा भाकाजस्ता नाम पनि ठाडो भाकामा जोडिएको पाइन्छ । ठाडो भाकाको उदगमस्थल लमजुङ र कर्मभूमि कर्पुटार मुख्य थलो भएकोले कर्पुटारे भाकाको महत्व धेरै रहेको छ । ठाडो भाकालाई देउबहादुर दुराबाट सिर्जना भएकोले ‘दुरा भाका’ भन्दा पनि हुन्छ । लमजुङको पश्चिमी सीमानामा मादी र मिदिमको दोभानमा रहेको करापूटार देउबहादुर दुराको मुख्य सांगीतिक कर्मभूमि मानिन्छ । करापुटारमा लाग्ने फागूपूर्णिमा र शिवरात्री मेलामा उनले सुरुवात गरेको ठाडो भाका गीत अहिले पछिल्लो पुस्ताले पनि गाउने गरेका छन ।

ठाडो भाकाको उदगमस्थल कर्पुटार भए पनि पछिल्लो समयमा लमजुङ जिल्लाका प्राय सबै गुरुङ गाउँहरुमा मेलापात र रोधीघरमा ठाडो भाकाका गीत गुञ्जीन थाल्यो । यतिबेला ठाडो भाका संकटमा परेको छ l

यसैबिच चर्चित गायक राजु परिवारले पोखराको एक दोहोरी साझमा रमाइलो ठाडो भाकामा गायिका माया गुरुङसंग दोहोरी गायका छन्. अझ रोचक त के भने माया गुरुङको दोहोरीको सबालमा राजु परिवारले गुरुङ भाषामा जवाफ फर्काए हेर्नुहोस रमाइलो दोहोरी

https://www.youtube.com/watch?v=C2Se0dpcgys

प्रतिक्रिया