भरतपुर, ४ असार ।
भरतपुर महानगरपालिका वडा नं. २४ मा आज खानेपानी तथा सरसफाई सम्बन्धी पूर्ण अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चितवनको आर्थिक सहयोग र लेट्स डु इट नेपालको आयोजनामा भएको कार्यक्रममा समुन्नत टोल विकास संस्था एवम् अन्य संघ संस्थाका प्रतिनिधि सहित ८५ जनाको सहभागीता रहेको थियो ।
भरतपुर महानगरपालिका वडा नं. २४ वडा सदस्य बिम कुमारी वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भरतपुरका इञ्जिनियर भरत प्रसाद पोखरेल, वडा सदस्य हिरा कुमारी वि.क., अमिर बहादुर वि.क., शुक्रनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दिल बहादुर विश्वकर्माले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रशिक्षकहरु बिरेन्द्र पौडेल, सुभद्रा रेग्मी, लेट्स डु इट नेपालका अध्यक्ष दुर्गा आचार्य लगायतले सहजीकरण गरेका थिए । कार्यक्रममा खानेपानी आयोजना, खुला दिशामुक्त पछिको समुन्नत अवस्था, पूर्ण सरसफाई अभियानका सन्दर्भका बारेमा छलफल भएको थियो ।
प्रतिक्रिया