“आन्तरिक पर्यटन प्रबर्धनमा टेवा पुर्याउन बिक्रम ढुंगानाको “घम्न लाई जाउन कान्छी काभ्रेपलान्चोक”

इनेप्लिज २०७५ असार ३ गते १२:२४ मा प्रकाशित

राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको भिडमा के पुर्ब के पश्चिम सबै भू भागका सांगीतिक कोसेलीहरु बजारमा आइरहेका छन् । यस माथि पनि काँठ क्षेत्रका लोक तथा दोहोरी गीत संगीतहरु केहि पछाडी परेको हो कि भन्ने भान भैरहेको अवस्थामा अहिले धेरै कलाकारहरु यस क्षेत्रको गीत संगीतलाई माथि उठाउनु पर्छ भन्ने उदेस्य बोकेर आएका छन् । सोहि क्रममा स्थाई घर काभ्रे र हाल कोरियामा रहेका कलाकार बिक्रम ढुंगाना पनि आएका छन् । काभ्रे कोसिपारी गोठपानी मा जन्मिएका ढुंगाना सानै देखि गीत सङ्गीत मा रमाउदै हुर्किएका हुन् । उनि अहिले रोजगारीको सिलसिलामा कोरियामा रहेका छन् । परदेशमा रहंदा झनै उनको साथि गीत सङ्गीत नै बन्न पुग्यो । यसैले पनि होला विक्रमले आफ्नो पहिलो सांगीतिक कोसेली स्वरूप पर्देसी को पिडा समेटेर “कठै मेरो छोरा” बोलको गीतलाई आज भन्दा करिब एक बर्ष अगाडि नजरमा ल्याएका थिए ।

विक्रमले आफ्नो लय तथा शब्द सिर्जना र लगानी गरेर एक बर्षको अबधि भित्र करिब आधा दर्जन भन्दा बढी गीतहरुलाई सार्बजनिक गरिसकेका छन् ।  जसमा  कठै मेरो छोरा , यौटा फुल झरेनी, हाम्रै रोधी घर , पुर्निमा को जुन जस्तो,आयो है दसै र घम्न लाई जाउन कान्छी काभ्रेपलान्चोक उनको सार्बजनिक भैसकेका गीतहरु हुन् । बिक्रमको पछिल्लो पटक बजारमा आएको “घम्न लाई जाउन कान्छी काभ्रेपलान्चोक” बोलको गीतमा सन्तोष बि.सी र सबिता ढुंगानाको सुमधुर सुन्न सकिन्छ । यस गीतलाई  लय तथा शब्द सिर्जना हाल कोरियामा रहेका उनै काभ्रेली युवा कलाकार बिक्रम ढुंगानाको नै रहेको छ ।

निकै रोमान्चक सैलिमा तयार पारिएको यस गीतको म्युजिक भिडियो पनि निर्माण भैसकेको छ । भिडियोमा प्रदिप रोका र मिठु मगरको आकर्षक अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन बिशाल बैरागीले गरेका हुन् भने छायांकन कृष्ण श्रेष्ठ र सम्पादन चेतन सागरले गरेका छन्  ।

यस भन्दा अगाडिका गीत संगीतलाई जसरि आम संगीत पारखीहरुले मन पराइदिनु भयो आगामी प्रस्तुतिलाई पनि उसैगरी मन परईदिनु हुनेछ भन्ने बिस्वासको साथमा बिक्रमले “बस्नदेउ आडैमा” बोलको गीतलाई पनि छिट्टै बजारमा ल्याउने तयारी गरिरहेका छन्  । उनि भन्छन यसैगरी नै आफ्नै कला संस्कृति र मौलिक परम्परामा आधारित गीत संगीथारुलाई निरन्तर रुपमा बजार ल्याउने प्रयास गरिरहनेछु । समाजमा बिकृती ल्याउने खालको गीत संगीतहरु हिजो आज बजार आउने क्रम जारी छ । त्यसैले बिक्रम भन्छन् कृपया नाम नै कमाउनु छ भने जनाताको मन जितेर नाम कमाउनुहोस , अंग प्रदर्शन गरेर हैन , गीत सङ्गीत को जगेर्ना गरौं पुर्खाले गीत सङ्गीत बाट कमाएको नाम र हाम्रो देस को सान जोगाउने हामि सबै कलाकारहरुको कर्तब्य हो ।

प्रतिक्रिया