दुवै मृगौला फेल भएका सचिन उपचारमा लाखौ खर्च हुने भएपछि सहयोगको आशमा [हेर्नुहोस् भिडियो]

इनेप्लिज २०७५ जेठ ३० गते २२:०९ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। सचिन थापा नलिन्चोक, भक्तपुरका स्थायी वासिन्दा हुन्। उनको घरमा एक छोरी, श्रीमती र आफु गरेर तिन जनाको सदस्य छन्। हुन त सचिनका दुई भाईहरु पनि छन् तर बाबाममीको निधन पछि उनीहरु अलग्गै छुट्टिएर बसेका छन्। सचिन जेठो छोरा हुन्।

बिगत १० वर्ष देखि उनी भक्तपुरकै एक फार्मेसीमा काम गर्दै आएका थिए। तर एक्कासी उनी बिरामी भएपछी उनले काम छोडीदिए। हाल उनी घरमा नै रेस्ट गरेर बसिरहेका छन्।

उनको दुईवटा नै मृगौला फेल भएको छ। आफुलाई एकदम गार्हो, कमजोरी हुने, छिटो छिटो पिसाब लाग्ने, खलखली पसिना आउने, धेरै हिड्दा असहज महसुस हुने भएकोले उनी सर्वप्रथम त आफ्नो उपचारको लागि वीर अस्पतालमा गए। त्यहाँ उनले आफ्नो दुईवटा नै मृगौला फेल भएको थाह पाए। अन्तिम स्टेजमा नै पुगिसकेको र तुरुन्त फेर्नु पर्ने सल्लाह पाए पनि उनले अहिले सम्म फेरेका भने छैनन्।

अहिले त उनको दुईवटा नै मृगौला फेल भएको एक वर्ष भइसकेको छ। आफ्नो आर्थिक अवस्था कम्जोर भएको कारणले गर्दा उनले दुईवटा नै फेल भएको मृगौला फेर्न सकेका छैनन्। उनी अहिले काम गर्न नि नसक्ने भएकाले उनको कमाई पनि छैन। आफन्त छरछिमेकीको सरसहयोगमा उनले आफ्नो औषधि खर्च जुटाइरहेका छन्।

उनले अहीले नियमित औषधि सेवन गर्नुपर्छ। साथै उनले डायलाइसिस पनि गरिराखेका छन्। मृगौला फेर्न उनले आफ्नो परिवारमा जाचँ गराएता पनि नामी पछि अन्त्यमा उनी मृगौला किनेर भए पनि फेर्ने सोचमा छन्। मृगौला किन्न मात्र बिस लाख लाग्ने झन् अप्रेसन गर्न त कति हो कति। यति धेरै अकं एक्लै जुटाउन पक्कै पनि उनलाई असम्भव नै छ।

डाक्टरले तुरुन्तै फेल भएको मृगौला फेर्न पर्छ भनेर सल्लाह दिए पनि आफ्नो आर्थिक अवस्था कम्जोर भएकाले उनले फेल भएको मृगौला फेर्न सकेका छैनन्। तपाईहाम्रो सानो सहयोगले सचिन थापाले नयाँ जीवन पाउछन् भने हामी किन सहयोग नगर्ने। सके धेरै नसके थोरै सहायोग गरेर आफ्नो सहयोगी हातहरु अघि बढाइ दिनहुन यहाँहरु सम्पूर्णलाई हार्दिकताको साथ विनम्र अनुरोध छ।

सहयोगको लागि सम्पर्क नं.

सचिन थापा : ९८४००६५९९९

प्रतिक्रिया