मंगलबार, कार्तिक ६ २०७५
काठमाडौं २१:४५
वासिङटन डिसी 12:00

एक महिला माथि पुरुष प्रहरीले हस्तक्षप गरे पछि यस्तो भयो (हेर्नुहोस भिडियो)

इनेप्लिज २०७५ जेठ ३० गते ०:१३ मा प्रकाशित

मसाल लिएकी एक महिला माथि पुरुष प्रहरीले हस्तक्षप गरे पछि पोखरामा प्रहरी र विद्यार्थीबीच झडप भएको छ ।
पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेपाली काँग्रेस समर्थित विद्यार्थी संगठन नेवि संघले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षप गरे पछि पोखराका पृथ्वीनाराण क्याम्पस गेट अगाडी झडप भएको हो ।
राँके जुलुस निकाल्न नदिने आदेश भन्दै प्रहरीले राँका खोस्न थालेपछि झडप भएको हो । नेविसंघ विद्यार्थीहरुले मसाल बोकेर पिएन क्याम्पस गेट अगाडि सरकार विरुद्ध नारा लगाएका थिए ।
मूल्यवृद्धि फिर्ता गर्, ओली सरकार मुर्दाबाद नारा लगाएका थिए । प्रहरीले ६ राउण्ड अश्रुग्याँस प्रहार र एक राउण्ड गोली हवाइ फायर गरेको घटनास्थल रहेका पत्रकार विजय नेपालीले जानकारी दिए । झडपमा दुई जना प्रहरी र २ विद्यार्थी घाईते भएका छन् ।

प्रतिक्रिया