सौराहा लायन्सद्वारा विद्यार्थीलाई सहयोग

इनेप्लिज २०७५ जेठ २९ गते ११:२१ मा प्रकाशित

शिशिर सिंखडा
सिद्धि, चितवन, २९ जेठ ।

लायन्स क्लव अफ सौराहा वाइल्डलाइफ सिटीको आयोजनामा विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री र स्टेशनरी सहयोग गरिएको छ । कालिका वडा नं. ११ सिद्धि, दौतेसस्थित राष्ट्रिय आधारभूत विद्यालयका कक्षा ३ सम्मका विद्यार्थीहरुलाई सो सामाग्रीहरु सहयोग गरिएको हो । उनीहरुलाई साबुन, ब्रस, मञ्जन, झोला, कपी, कलम वितरण गरिएको क्लवका वर्ष २०१८÷१९ का अध्यक्ष उमाकान्त पौडेलेले जानकारी दिए ।

क्लवका वर्ष २०१७÷१८ का अध्यक्ष रामशरण सिल्वालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल ३१५ बी २ का रिजन चेयर पर्सन योगेन्द्रनाथ अधिकारी, विशिष्ट अतिथि जोन चेयर पर्सन सुवास चन्द्र गौतम, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर प्रजा, वर्ष २०१८÷१९ का अध्यक्ष उमाकान्त पौडेलले लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया