कालिकामा बजेट लेखाङ्कन सम्बन्धी अनुशिक्षण

इनेप्लिज २०७५ जेठ २९ गते ११:१८ मा प्रकाशित

खोलेसिमल, २९ जेठ ।
चितवनको कालिका नगरपालिकामा बजेट लेखाङ्कन सम्बन्धी १ दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कालिका नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नगरका ११ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगर सदस्य, वडा सचिव, विषयगत शाखाका प्रमुख एवम् कर्मचारीहरुको सहभागीता रहेको थियो ।

अनुशिक्षण कार्यक्रम नगर उपप्रमुख कमला भट्टराईको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको औचित्यको बारेमा प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदीले प्रकाश पारेका थिए । सो बजेट लेखाङ्कन सम्बन्धी अनुशिक्षणमा प्रशिक्षक एवम् रत्ननगर नगरपालिकाका लेखा शाखा प्रमुख ऋषि प्रसाद कडुवालले स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (सूत्र), बजेट तयार गर्ने, भुक्तानी दिने र समग्र लेखा प्रणालीको सन्दर्भमा प्रशिक्षण दिएका थिए । त्यसैगरी कालिका वडा नं. ६ को आयोजनामा आज नै बजेट तर्जुमाका सन्दर्भमा वडावासीहरु बिच सुझाव संकलन गरिएको थियो । वडा अध्यक्ष बिनोद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा वडावासीहरुले विभिन्न विकास निर्माणका बारेमा सुझाव व्यक्त गरेका थिए ।

प्रतिक्रिया