यातयात व्यवस्था कार्यालय गण्डकीका प्रमुख तेज नारायण यादवले सवारी दुर्घटना न्यूनिकरण तथा सडक सभ्यता विषयक एक दिवसिय गोष्ठीमा पोखराको सवारी चालक अनुमति पत्र कार्यालयमा फर्म भर्न आउने तथा लिखित परिक्षामा सअभागि हुने परिक्षार्थीहरुले नै आफै साधन चलाएर आउनु दुर्घटनाको प्रमुख कारण रहेको बताएका छन् । साथै सडकमा गुड्ने धेरै जसो चालकहरु सवारी चालक अनुमति पत्र विना नै सवारी साधन चलाउने गरेको उनको भनाई छ । उक्त गोष्ठीमा सवारी दुर्घटनाका लागि आवश्यक रणनीति तयार गर्ने उदेश्यले सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया