बृह्त वेगनासताल सरसफाई १६ औं श्रृखलामा

इनेप्लिज २०७५ जेठ २९ गते १:४८ मा प्रकाशित
दिन प्रतिदिन बेगनासताल फोहोरको चपेटामा पर्न थाले पछि फोहोर हुनु पुर्व नै रोकथामका उपायका बारेमा जनचेतना फैलाउने उदेस्यले बेगनास युवा क्लबले अगाडी सारेको बृहत वेगनास सरसफाई अभियान १६ औं श्रृखलासम्म आईपुगेको छ ।
वेगनास युवा क्लवको सक्रियता र स्थानिय सामाजीक संघ सस्था तथा स्थानियवासीको सहयोगमा  गत माघ २० गते देखि सुरु भएको साप्ताहिक बृहत वेगनास सरसफाई अभियानको १६ औं श्रृखला बेगनासताल बाध किनारा वरपर संचालन गरिएको हो।
अभियान अन्तरगत सनिवार बेगनास ताल किनारमा रहेको बनभोज स्थल सहित बाध किनारा वरपर सरसफाइ गरिएको क्लब अध्यक्ष राम रानाभाटले जानकारी दिएका छन्।
 युवा क्लबले जनचेतनाका लागि मात्र अभियान संचालन गरेको र सबैको सहयोगले मात्रै सरसफाई कार्यक्रम सफल हुने बताउदै ताल वरपर स्थानीय तथा बल्छी खेल्नेह ?ले गरेको फोहोरले भविष्यमा ताल कुरुप बन्न सक्ने तर्फ पुर्ब होसियारी अपनाउदै समयमा नै सम्बन्धित निकायले उचित कदम चाल्नु पर्ने देखिन्छ सरसफाई अभियानका अभियन्ता राम रानाभाटको भनाई रहेको छ ।

प्रतिक्रिया