चोरी नियन्त्रण लुटपाट गर्न उपत्यकामा विशेष अभियान

इनेप्लिज २०७५ जेठ २८ गते ११:५९ मा प्रकाशित

काठमाडौँ, २८ जेठ । उपत्यकाकमा चोरी तथा लुटपाट नियन्त्रण गर्न महानगरीय अपराध महाशाखाले बिशेष अभियान सुरु गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा बढेको चोरी रोक्न प्रहरीले जेठ १३ गते देखि बिशेष अभियान चलाएको महाशाखाले सोमबार विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

दिनको समयमा १० देखि ६ बजेसम्म सादा पोशाकमा गस्ती तथा आकस्मिक चेकजाँच गरिएको तथा रातको समयमा ११ देखि ४ बजेसम्म एम्बुस डिउटीमा प्रहरीलाई खटाएर अभियान सञ्चालन गरिएको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जनाएका छन् ।

पक्राउ परेकामध्ये १९ जनासँग प्रहरीले चोरीका विभिन्न सामानहरु समेत बरामद गरेको छ । उनीहरुविरुद्ध चोरी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ ।

त्यस्तै अन्य ५३ जनालाई सार्वजनिक अपराध मुद्दामा कारबाही गरिएको र २ सय २१ जनालाई सोधपुछपछि निगरानीमा राखेर छाडेको छ ।
उपत्यकामा चोरी सबैभन्दा धेरै हुने अपराध हो । खासगरी घरमा कोही नभएको बेला ताला फुटाएर धेरै चोरी हुने गरेको छ ।

प्रतिक्रिया