रामप्रसाद खनालद्वारा अनेसासको केन्द्रिय महासचिव पदमा उम्मेदवारी घोषणा

इनेप्लिज २०७५ जेठ २३ गते २२:२२ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्गटन डिसी मेट्रो कमिटी, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आशन्न केन्द्रीय समितिको निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । वहाँको उम्मेदवारी सँगै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आशन्न निर्वाचनको तापक्रम बढेको महशुश गरिँदैछ । खनाल अध्यक्ष रहेको वाशिङ्गटन डिसी मेट्रो कमिटी, अमेरिका अनेसासको सबैभन्दा ठुलो, सक्रिय र करिब साढे दुईसय आजिबन सदस्य भएको अनेसासको महत्वपूर्ण कमिटी हो जसले अनेसास को निर्वाचनमा कसलाई जिताउने वा हराउने महत्वपूर्ण, निर्णायक भूमिका खेल्छ ।  श्री खनालले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) हरेक हरेक लाई मेरो संस्था हो भनाउन, नेपाली भाषा, साहित्य, कला र संस्कृतिका लागि सबैको साझा पुल बनाउन म अँगाडी आएँ भन्दै आफुले उम्मेदवारी दिएको घोषणा गर्नुभएको छ । वहाँले यसको विधान संशोधन देखी यसलाई सबल बनाउने कुरामा हामीले निकै प्रयास गरे पनि हाम्रो मात्र प्रयासले सबै कुरा सार्थक हुन सकेन । संस्थाको स्थापनाकाल देखी हाल सम्म भएका राम्रा कामका लागि संस्थापकहरू देखी वर्तमान नेतृत्व सम्म रहनुभएका सबै धन्यवाद र श्रेयका पात्र हुनुहुन्छ । केन्द्रीय कार्य समितिको निर्वाचनका बेला संस्था भित्र हुने अस्वस्थ र तथानाम गाली गलौज हामी र हाम्रा लागि स्वीकार्य छैनन् भन्नु भएको छ ।

उम्मेदवारी घोषणा गर्दै खनाल ले भन्नुभएको छ – यस पटक न त म निर्वाचनमा उठ्ने रहर थियो बरु वासिङ्टन डिसी मेट्रो कमिटीको अध्यक्ष बाटै विश्राम लिने घोषणा मैले गरिसकेको थिएँ । तर अनेसास भित्र फेरी फोहोरी खेल सुरु हुन नपाओस् भन्ने हेतुले र केन्द्रीय कार्य समितिलाई अझ प्रभावकारी बनाउन यसका संस्थापकहरू, हाल सम्म नेतृत्वमा रहनुभएका अग्रज र अन्य मित्रहरू, थुप्रै आजिबन सदस्यहरूबाट लगातार आइरहेको अनुरोधलाई स्वीकार गर्दै केन्द्रीय कार्य समितिको महासचिवमा उमेद्वारी दिने र सर्व स्वीकार्य कार्य समिति बनाउनका लागि आफूले पनि पहल गर्ने पवित्र ध्येयका साथ म आज महासचिवमा उम्मेदवारी घोषणा गर्दैछु ।

श्री खनालले महासचिब पदमा उम्मेदवारी घोषणा गर्दै भन्नुभएको छ “वर्तमान अनेसासको विधान अनुसार म अध्यक्षमा उमेद्वारी दिन नपाउने अवस्था रहेकाले संसार भर बाट सबै मित्रहरूको अनुरोध हुँदा हुँदै पनि अध्यक्षमा उमेदवारी दिन बँचित भएकोले महासचिवमा उमेदवारीको विकल्प रहेन । मैले राजनीतिक नेताका जस्ता खोक्रा आश्वासन र ठुला कुरा गरेर सपना बाँड्न चाहन्न तर अनेसासलाई दुई वर्ष भित्रै नयाँ नैतिक उचाइमा पुर्‍याउने अठोटका साथ म महासचिवमा उमेदवारी दिँदै छु । दुई वर्ष भित्रमा विधान संशोधन देखी यसका कमी कमजोरीको करेक्सन र नाम अनुसार अनेसासलाई नेपाली भाषा, साहित्य, कला र संस्कृतिका लागि निस्स्वार्थ ढङ्गले स्थापित गर्ने, गुटबन्दी हुन नदिने र अनेसास मेरो हो भन्ने सबैका मनमा भावना पैदा गर्न सक्ने कार्यक्रम ल्याउने मेरो पूर्ण प्रयास हुनेछ ।”

अनेसासको केन्द्र देखी च्याप्टर, शाखा सम्म, हाल सम्म बसेर काम गरेका हरेक अग्रज, सहयात्री र जुनियरहरू लाई उचित सम्मान, महत्त्व दिँदै, कसैलाई कुनै कारण काखा पाखा नगर्ने गरी, विगतमा अनेसास भित्र आफूलाई अन्यायमा परेको महसुस गर्ने देखी सबै लाई उचित सम्मान र जिम्मेवारी दिने गरी म काम गर्छु र अनेसासलाई सबैको साझा चौतारो बनाएर छाड्छु खनालले भन्नुभएको छ । वहाँले थप्नुभएको छ – टिम वर्क के हो म उदाहरण देखाउँछु । यही प्रणका साथ संसार भर रहनुभएका अनेसासका सबै अग्रज, मित्रहरू, आजिबन सदस्यहरूलाई

मेरो महासचिव पदको उमेदवारीका लागि मात्र होइन राम्रो अनेसास बनाउने गरी टिम छान्न मद्दत गर्नुहुन पनि म बिनम्र आग्रह गर्दछु ।

श्री खनालको उम्मेदवारी घोषणाको पुरा विवरण तल जस्ताको तस्तै छ :

” संसारभर छरिएर रहनुभएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अग्रजहरू,  मित्रहरू र आजिबन सदस्यज्यूहरु

सादर नमस्कार !

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई संसारभर प्रजातान्त्रिक तरिकाबाट, सबल तरिकाबाट कसरी अगाडि बढाउन सकिन्छ र यसको भावना मर्म अनुसार नेपाली भाषा, साहित्य, कला र संस्कृतिका लागि कसरी प्रभावकारी काम गर्न सकिन्छ भनेर आफू सम्मिलित वाशिङ्गटन डिसी मेट्रो कमिटीका माध्यमबाट म र मेरो सम्पूर्ण टिमले यथासक्य प्रयास गर्‍यौँ । हामीले के के काम गर्‍यौँ, गतिविधि गर्‍यौँ त्यो सबै सामु छर्लङ्ग छ र म दावाका साथ भन्न सक्छु अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संसारभरि भएको गतिविधि हेर्दा वाशिङ्गटन डिसी मेट्रो कमिटी सबै भन्दा बढी सक्रिय छ र धेरै काम यहीँ भएका छन् । जसले केन्द्र र बिओटीको पनि नाम रोशन मात्र भएको छैन अनेसास प्रतिको आकर्षण बढेको पनि छ ।

यसको विधान संशोधन देखी यसलाई सबल बनाउने कुरामा हामीले निकै प्रयास गरे पनि हाम्रो मात्र प्रयासले सबै कुरा सार्थक हुन सकेन । कसैलाई दोष थुपारेर मात्र हुँदैन, हामी कसै प्रति दोष थुपार्न पनि चाहदैनौं । संस्थाको स्थापनाकाल देखी हाल सम्म भएका राम्रा काम का लागि संस्थापक हरू देखी वर्तमान नेतृत्व सम्म रहनुभएका सबै धन्यवाद र श्रेयका पात्र हुनुहुन्छ । केन्द्रीय कार्य समितिको निर्वाचनका बेला संस्था भित्र हुने अस्वस्थ र तथानाम गाली गलौज हामी र हाम्रा लागि स्वीकार्य छैनन् । अनेसासको हरेक सदस्य हाम्रा लागि उत्तिकै महत्त्वपूर्ण छन् ।

यस पटक न त म निर्वाचनमा उठ्ने रहर थियो बरु वासिङ्टन डिसी मेट्रो कमिटीको अध्यक्ष बाटै विश्राम लिने घोषणा मैले गरिसकेको थिएँ । तर अनेसास भित्र फेरी फोहोरी खेल सुरु हुन नपाओस् भन्ने हेतुले र केन्द्रीय कार्य समितिलाई अझ प्रभावकारी बनाउन यसका संस्थापकहरू, हाल सम्म नेतृत्वमा रहनुभएका अग्रज र अन्य मित्रहरू, थुप्रै आजिबन सदस्यहरूबाट लगातार आइरहेको अनुरोधलाई स्वीकार गर्दै केन्द्रीय कार्य समितिको महासचिवमा उमेद्वारी दिने र सर्व स्वीकार्य कार्य समिति बनाउनका लागि आफूले पनि पहल गर्ने पवित्र ध्येयका साथ म आज महासचिवमा उम्मेदवारी घोषणा गर्दैछु ।

वर्तमान अनेसासको विधान अनुसार म अध्यक्षमा उमेद्वारी दिन नपाउने अवस्था रहेकाले संसार भर बाट सबै मित्रहरूको अनुरोध हुँदा हुँदै पनि अध्यक्षमा उमेदवारी दिन बँचित भएकोले महासचिवमा उमेदवारीको विकल्प रहेन ।

मैले राजनीतिक नेताका जस्ता खोक्रा आश्वासन र ठुला कुरा गरेर सपना बाँड्न चाहन्न तर अनेसासलाई दुई वर्ष भित्रै नयाँ नैतिक उचाइमा पुर्‍याउने अठोटका साथ म महासचिवमा उमेदवारी दिँदै छु ।

दुई वर्ष भित्रमा विधान संशोधन देखी यसका कमी कमजोरीको करेक्सन र नाम अनुसार अनेसासलाई नेपाली भाषा, साहित्य, कला र संस्कृतिका लागि निस्स्वार्थ ढङ्गले स्थापित गर्ने, गुटबन्दी हुन नदिने र अनेसास मेरो हो भन्ने सबैका मनमा भावना पैदा गर्न सक्ने कार्यक्रम ल्याउने मेरो पूर्ण प्रयास हुनेछ ।

अनेसासको केन्द्र देखी च्याप्टर, शाखा सम्म, हाल सम्म बसेर काम गरेका हरेक अग्रज, सहयात्री र जुनियरहरू लाई उचित सम्मान, महत्त्व दिँदै, कसैलाई कुनै कारण काखा पाखा नगर्ने गरी, विगतमा अनेसास भित्र आफूलाई अन्यायमा परेको महसुस गर्ने देखी सबै लाई उचित सम्मान र जिम्मेवारी दिने गरी म काम गर्छु र अनेसासलाई सबैको साझा चौतारो बनाएर छाड्छु ।

टिम वर्क के हो म उदाहरण देखाउँछु । यही प्रणका साथ संसार भर रहनुभएका अनेसासका सबै अग्रज, मित्रहरू, आजिबन सदस्यहरूलाई मेरो महासचिव पदको उमेदवारीका लागि मात्र होइन राम्रो अनेसास बनाउने गरी टिम छान्न मद्दत गर्नुहुन पनि म बिनम्र आग्रह गर्दछु ।

आफू केन्द्रीय समिति भन्दा बाहिर बसेर गरिने प्रयास भन्दा त्यहीँ भित्र बाटै गरिने प्रयास सार्थक हुन्छ र तपाईँ केन्द्रीय समितिमा जानै पर्छ भन्ने अग्रजहरू, सहयात्रीहरू र जुनियर भाईबहिनिहरूको अनुरोधलाई सम्मान गर्दै सिनियर जुनियर सवाल नहेरी अनेसासको उज्ज्वल भविष्यका लागि   लागि मैले केन्द्रीय महासचिव पदमा उमेदवारी दिएको स्पष्ट पार्दछु । पद र जिम्मेवारीले मात्र ठुलो सानो भैंदैन काम गर्ने तौर तरिका र क्षमताका हिसाबले हो मान्छेको मूल्याङ्कन हुने । म त्यो कुरामा पूर्ण विश्वास गर्दछु ।

म चाहन्छु केन्द्रीय समितिको निर्वाचन स्वस्थ होस, सबै पदमा निर्बिरोध निर्वाचित हुने अवस्था आओस्, कहीँ कतै विगतको जस्तो गाली गलौज र अदालती प्रक्रिया सम्म पुग्नु पर्ने अवस्था कुनै हालतमा सिर्जना नहोस् । त्यसका लागि म उमेदवारी दिने मात्र होइन कोअर्डिनेशन गर्न, विभिन्न पदमा साथीहरू बिचमा निर्बिरोध बन्ने अवस्था सिर्जना गर्न पुरै प्रयास गर्ने छु । यदि सबै पदमा निर्बिरोध हुने अवस्था सिर्जना हुन नसके निश्पक्ष र स्वस्थ निर्वाचन प्रजातान्त्रिक तवरबाट सम्पन्न गर्न समेत मैले र म अध्यक्ष रहेको वासिङ्टन डिसी मेट्रो कमिटी परिवारले पूर्ण रूपमा सकारात्मक भूमिका निर्वाह गर्नेछौँ । कुनै पनि साथी भाइ लाई काखा पाखा गरिने छैन र गुटबन्दी हुन पनि दिइने छैन । हरेकको सम्मान हुने अनेसास बनाउने मेरो प्रयास हुनेछ ।

वर्तमान केन्द्रीय समितिमा रहनुभएका पदाधिकारी, सदस्य र सल्लाहकार मित्रहरू त्यसै गरी बोर्द अफ ट्रस्टिजमा रहनुभएका अग्रज तथा मित्रहरू, सबै च्याप्टर, शाखामा रहनुभएका पदाधिकारी तथा सदस्य र सल्लाहकार साथीहरू !

अनेसास लाई राम्रो अनेसास बनाउन,  तपाईँ हामी यसका हरेक हरेक लाई अनेसास मेरो संस्था हो भनाउन, नेपाली भाषा, साहित्य, कला र संस्कृतिका लागि सबैको साझा पुल बनाउन म अँगाडी आएँ । अब अगाडि नै राख्नुहुन्छ वा पछाडि धकेल्नुहुन्छ आगे तपाईंहरुकै जो मर्जी । सबैको जय होस । अनेसासको पनि जय होस । धन्यवाद ।

तपाईंहरुकै उही

रामप्रसाद खनाल – केन्द्रीय महासचिव पदको उम्मेदवार

हाल अध्यक्ष – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्गटन डिसी मेट्रो कमिटी, अमेरिका

नोट :  मेरो बारेमा जान्न, विगत थाहा पाउन मन लागे मेरो व्यक्तिगत वेबसाइट www.RamPrasadKhanal.com मा जानसक्नुहुन्छ । म खुल्ला किताब हुँँ सबै कुरा खुल्ला नै छन् । म योग्य अयोग्य के छु त्यो पनि तपाईंहरुले नै जजमेन्ट गर्न सक्नुहुन्छ । म मेरा लागि होइन अनेसासका लागि उमेदवारी दिँदै छु । तपाईंहरु सबैको साथ र सहयोग, राय सल्लाह सुझावको अपेक्षा गर्दछु । धन्यवाद । “

स्मरण रहोस सुस्ताउँदै र ओरालो लाग्दै गएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र यसका गतिबिधिलाई श्री खनालले ४ बर्ष यता वाशिङ्गटन डिसी मेट्रो कमिटी, अमेरिकाका अध्यक्ष भएर आए यता सक्रिय बनाएर अगाडि लैजानु भए पछि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकामा अहिले आकर्शणको केन्द्र बन्न सफल भएको छ भन्छन यसका आजिबन सदस्यहरु । खनाललाई हाम्रो तर्फबाट अग्रिम बधाई ।

प्रतिक्रिया