मंगलबार, कार्तिक ६ २०७५
काठमाडौं २१:४०
वासिङटन डिसी 11:55

अमेरिकामा सगरमाथा दिवस सम्पन्न।

इनेप्लिज २०७५ जेठ २१ गते १:११ मा प्रकाशित

न्युयोर्क, ज्याक्स हाईट्स, जुन २ तारिख अमेरिकाको न्युयोर्कमा एक कार्यक्रमको आयोजना गरी सगरमाथा दिवस मनाईएको थियो। एन आर एन अमेरिकाको नेपाल पर्यटन प्रबर्द्धन समितिले आयोजना गरिएको उक्त कार्यक्रममा सगरमाथाको चर्चा गरिनुका साथै नेपाल पर्यटन बिकासको निमित्त बिदेशमा बसेर सहयोगी भूमिका खेलेर देशलाई सहयोग पुराउनु पर्ने बिचारहरु अभिब्यक्त गरिएका थिए। कार्यक्रममा बक्तहरुले अमेरिकाको न्युयोर्कमा प्रत्येक बर्ष आयोजना गरिने नेपाल परेड सगरमाथा दिवसको अवसरमा गरिनु पर्ने त्यसो भएको अवस्थामा कसैबाट बिरोध नहुने कुरा बताउनु भएको थियो। प्रमुख अथिति न्युयोर्कको लागि नेपाली उपमहाबानिज्य दुत पुष्पराज भट्टराई नेपाली संघसस्थाले पर्यटन बिकासको लागि कुनै पनि प्रस्ताब आएको खण्डमा सक्दो सहयोग गर्ने बताउनु भएको थियो।

सोही अवसरमा एन आर एन नर्थ अमेरिकाका क्षेत्रिय उप-सन्योजक नबिन सेरचन, एन आर एन अमेरिकाका महासचिब बि आर लामा, पुर्व लुम्बिनी बिकास कोशका पुर्व सदस्य सचिब आङ दावा शेर्पा, जनसंपर्क समितिका पुर्व संयोजक बिष्णु सुबेदी, नेपाल अमेरिका पर्बतारोही संघका अध्यक्ष पासाङ् रिन्जी शेर्पा, साउथ एशियन पहिलो सगरमाथा आरोही पत्रकार आङ छिरिङ्ग शेर्पा, एन आर एन अाई सी सी सदस्य बन्दना कोईराला, शेर्पा किदुगका महासचिब तेन्डी शेर्पाले बोल्नु भएको थियो। नेपालको पर्यटन बिकासमा चासो रहेको ब्यक्तिहरु सहभागी रहेको सो कार्यक्रममा राज सरफले स्वागत गर्नु भएको थियो भने सो कार्यक्रम एन आर एन नेपाल पर्यटन प्रबर्द्धन समितिका संयोजक आङ जाङ्बु शेर्पाको सभापतित्वमा भएको थियो। कार्यक्रम आङ ङिमा ग्याल्जेन शेर्पाले संचालन गरेका थिए।

प्रतिक्रिया