विजय थापा ,एनडब्लुजीएन (नेपाली महिला बिश्व संजाल ) न्यु इंग्ल्यान्ड शाखा द्वारा आयोजित अस्थाई सुरक्षित दर्जा (टिपीएस ) कार्यक्रम सम्पन्न भएको छ । गत मे शनिबार २६ तारिख उक्त शाखाले टिपीएस को पुन: दर्ता गराउन खोलिएको तथा यसै बिषयको सेरेफेरोमा केन्द्रित रही कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रमको लागि न्युयोर्क कि कानुनविद चन्दा थापालाई बोलाईएको थियो । थापाले यसको प्रक्रिया ,उपाय तथा गर्नु पर्ने साबधानी ,जिज्ञाशा आदी ईत्यादी बारेमा थापाले बिस्तृत रुपमा जानकारी गराएकी थिइन् ।
यसै गरि आप्रवासन सेवा जुटाउने समुहका एलेक्स पिरि ले पनि यस बिषयमा आन्फा कुराहरु हिस्सा गरेका थिए । उनले पक्राउ हुने भय तथा डर नमानी स्वास्थ्य सेवा लिनु पर्ने कुरामा जोड दिएका थिए ।
एनडब्लुजीएन न्यु इंग्ल्यान्ड शाखाले अन्य नेपाली समुदाय तथा स्थानीय अन्य संघ/संस्था संग मिलेर यस सम्बन्धि काम गर्ने जनाएको छ । यसै गरि नेपाली महिला बिश्व संजालकि केन्द्रिय अध्यक्ष रुक्मिणी कार्कीले अधिवक्ता चन्दा थापा ,एलेक्स पिरि तथा समुदाय सदस्य साथै स्थान को व्यवस्था गराई दिने पुस्कर न्यौपानेलाई समेत लाई धन्यबाद दिएकी छिन् ।
प्रतिक्रिया