सामाजिक कार्यमा दिलिप योञ्जन र लक्ष्मी योञ्जनको मनकारी मन
इनेप्लिज
२०७५ जेठ ११ गते २२:४३ मा प्रकाशित
रोशन पोखरेल , काठमान्डाँै , जेष्ठ ११
नेपाली गीत संगीतको क्षेत्रमा स्थापित बनिसकेका गीतकार दिलिप योञ्जन तामाङ र लक्ष्मी गुरुङ तामाङले आव बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ तौलुङमा अवस्थित श्रीजय भद्रकाली आधारभूत विद्यालयका ३५ जना विद्यार्थीहरुलाई पूर्ण भर्ना, विद्यालय पोशाक (ट्रयाकसुट र सर्ट पाइन्ट), जुत्ता (सेता र कालो), कपी कलम लगायतका २ लाख बराबरको छात्रावृत्ति उपलब्ध गराउनुभएको छ ।
गत शैक्षिक सत्रमा २० जना विद्यार्थीलाई उपलब्ध गराइएको पूर्ण छात्रावृत्तिलाई यस शैक्षिक सत्र २०७५ मा पनि निरन्तरता दिदै थप १५ जना विद्यार्थीहरुलाई पनि छात्रावृत्ति उपलब्ध गराइएको हो उहाँले बताउनुभयो । गरिब तर जेहेन्दार विद्यार्थीहरू आर्थिक कारण बाट नै पढ्नलेख्नबाट बञ्चित नहुन भन्ने आफनो चाहना रहेको ले सहयोग गरेको उहाँले बताउनुभयो । आफू सामुदायिक विद्यालयकै उत्पादन भएकोले पनि सामुदायिक विद्यालयमा पढ्न आउने केटाकेटीहरुको मनोविज्ञान र आर्थिक अवस्थाबारे राम्रो जानकारिरहेको बताउनुभयो ।
साथै गीतकार दिलिप योञ्जन ले दुई विद्यार्थी सन्चिमाया तामाङ र विशाल तामाङलाई शैक्षिक सत्र २०७५ को लागि ८ हजार ७ सयको छात्रावृत्ति पनि उपलब्ध गराउनुभएको छ । ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउने वर्गका केटाकेटी अध्ययन गर्ने सामुदायिक विद्यालयमा यसरी यति ठूलो मात्रामा छात्रावृत्ति पाउनु भनेको केटाकेटीहरुलाई पढ्ने वातावरण सहज गराउनु निकै स्वागत योग्य काम भएको विद्यालयका प्र.अ. विन्ध्येश्वरी दाहालले बताउनुभयो । आगामी दिनमा पनि गीतकार तथा समाजसेवी दिलिप योञ्जनबाट आफनो विध्यालयका लागी सहयोग जुटने आशा बादी रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया