शेष घले अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं अङ्कमा उभो लागे

इनेप्लिज २०७५ जेठ ११ गते १२:२५ मा प्रकाशित

गैर आवासीय नेपाली संघ अन्तर राष्ट्रियका पूर्व अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं अङ्क माथि उक्लिएका छन् ।

घले दम्पती गत वर्ष १०१ औं स्थानमा रहेका थिए भने यस बर्ष ठुलो छलांग मार्दै ८१ औँ संख्यामा उभो चडन सफल भएका हुन् ।

बिजनेस रिभ्यु विक्लीले आज सार्वजनिक गरेको सन् २०१८ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले दम्पत्ति ८७ करोड ६० लाख डलर सम्पत्तिसहित ८१ औँ स्थानमा परेका हुन् । अब उनीहरु डलर अर्बपतिको नजिक पुगेका छन् । अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने बिजनेस रिभ्यु विक्लीले उक्त कुरा सार्बजनिक गरेको हो ।

अष्ट्रेलियाकाे मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापकसमेत रहेका घलेको शिक्षा तथा रियल स्टेटलगायतका उद्योगमा लगानी रहेको घले दम्पत्ति को एक वर्षमै सम्पत्ति झण्डै ३५ प्रतिशतले वृद्धि भएको छ ।

घले दम्पतीको पछिल्लो एक वर्षमा कुल सम्पत्तिमा झण्डै २३ करोड डलर वृद्धि भएको देखिएको छ । गत वर्ष उनीहरुको कुल सम्पत्ति ६४ करोड ७० लाख डलर थियो ।

समाचार श्रोत :अनलाइन खबर

 

प्रतिक्रिया