फेरिने भयो ध्रुव बिकको जीवन, आजबाट स्कुल भर्ना [हेर्नुहोस् भिडियो]

इनेप्लिज २०७५ जेठ ६ गते ११:३२ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। पछिल्लो समय बालगायक ध्रुब बिक मेडियामा निकै भाइरल हुँदै आएका छन्। उनको कला र गलाको प्रसंशा पनि हुँदै आएको छ। नेपालको प्रदेश नं. ७ को अति बिकट ठाउँ बाजुरा जिल्लामा जन्मीहुर्केका उनी सुरतालमा मिठो गाउछन्। केहि वर्ष अगाडी ध्रुब बिकले विद्यालयको एक कार्यक्रममा ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत गाएका थिए। उनले गाएको भिडियो कैद गरी सामाजिक संजालमा हालिएको थियो। उक्त भिडियो आम दर्शकले निकै मन पराए। सामाजिक संजालमा उनी एकाएक भाइरल भए। मिडियाकर्मीले उनको अन्तर्वार्ता खिचेर आ-आफ्नो युट्युब च्यानलमा अपलोड गरे।

तर उनलाई काठमाडौँ सम्म ल्याएर उनको प्रतिभाको बिस्तार गर्न भने कसैले ध्यान दिएन। वास्तवमा भन्ने हो भने ध्रुब बिकको परिवारको आर्थक अवस्था एकदम नाजुक छ। आफ्नो घर बाढीले बगाएपछि सदरमुकाम मार्ताडिमा टिनले झानो झाएर जस्ताको सानो घरमा बसेका छन् ध्रुबका स-परिवार। ७ जनाको सदस्य छन् ध्रुबको परिवारमा तर कमाउने भने एकजना मात्र छन्।ध्रुबका बुबा इन्डियामा काम गर्छन्। इन्डियामा कहिले होटलको भाडा माझ्ने, कहिले गाडी सफा गर्ने त कहिले चौकीदारी गर्ने गर्छन् ध्रुबका बुबा। उनी आफुले कमाएको पैसा घर खर्चको लागि पठाउछन्।

७ जनाको परिवार धान्न गार्है पर्छ ध्रुबकि आमा सुनालाई। यस्तो अवस्थामा जति सुकै प्रतिभा भए पनि ध्रुब बिक बाजुरामा बसेर गायक बन्न असम्भव थियो। ध्रुब बिकको प्रतिभा उनको गाउठाउँमा मात्र सिमित रहेको थियो। उनले आफ्नो प्रतिभा देखाउने सुअवसर पाएका थिएनन्। यस्तैमा एक समाजसेवी युबराज खत्रीको नज़र ध्रुब बिकको प्रतिभामा पर्यो। बिना कुनै स्वार्थ उनले काठमाडौँबाट १२०० किलोमिटर टाढा रहेको बाजुरा जिल्लामा गएर ध्रुब बिकलाई काठमाडौँ ल्याए। बाजुराको कुनाकन्दरा, देउराली भन्ज्याङ, चौतारीमा गुन्जिने आवाज काठमाडौँमा सबैलाई सुनाउने मौका पाए ध्रुब बिकले। काठमाडौँमा आएर ध्रुब बिकले थुप्रै युट्युब च्यानलमा अन्तर्वार्ता दिए। अग्रज व्याक्तित्वसँगको भेटघाट, मिडिया र मिडियाकर्मीको साथले उनको जीवन नै फेरियो। सपना झैँ महसुस भइरहको भन्दै उनले धेरै अन्तर्वार्तामा आफ्नो गाउने प्रतिभा देखाए। आजको दिन सम्म काठमाडौँ नटेकेका ध्रुबको जीवन नै फेरिएको छ अहिले।

घरपरिवारको सहमतिमा काठमाडौँ आएका थिए ध्रुब बिक। उनलाई काठमाडौँमा खाने, बस्ने, पढ्ने र संगीत सिक्ने व्यवस्था गरिदिने सर्तमा पिएनपिखबरले ध्रुबलाई काठमाडौँ सम्म ल्याएको थियो। सर्त बमोजिम उनी अहिले बालुवाखानी, कपनमा रहेको तिरुपाति बोर्डिंग हाइएर सेकेन्डरी स्कुलमा पढ्ने भएका छन्। शुक्रबार तिरुपाति बोर्डिंग हाइएर सेकेन्डरी स्कुलमा एक प्रेस मिट आयोजना गरी ध्रुब बिकलाई विद्यालयमा प्रस्थान गराईएको हो। उनको पढाई सँगसँगै संगीतमा पनि जोड दिने विद्यालयको भनाई रहेको छ। ध्रुब बिक कक्षा ७ मा भर्ना हुने भएका छन्। कक्षा ६ सम्म उनले बाजुरामा नै उतिर्ण गरिसकेका छन्। उनको खाने, बस्ने, सिक्ने सबै जिम्मा विद्यालयले लिएको छ। कक्षा १० सम्म निशुल्क होस्टेलमा नै बसेर पढ्ने मौका पाएका छन् ध्रुब बिकले। विशेषत: यो सबको श्रेय विद्यालयका प्राचार्य तेन्जिङ् भुटियालाई जान्छ।

पिएनपिखबरको सहयोग र सहकार्यमा समर्थन जनाउदै तिरुपाति बोर्डिंग हाइएर सेकेन्डरी स्कुलका प्राचार्य तेन्जिङ् भुटियाले विशाल हृदय पारेर ध्रुब बिकलाई पढाउन सहयोग गर्नु भएकोमा पिएनपिखबरको टिम एकदम आभारी छ। हेर्नुहोस् भिडियो :

प्रतिक्रिया