बाल्टिमोर पशुपतिनाथ मन्दिरमा हुने श्रीमद्भागवत तथा समुद्घाटन कार्यक्रमको लागि कोष बृद्धि संयोजकमा रीना केसी गौतम मनोनित

इनेप्लिज २०७५ जेठ ३ गते २३:१० मा प्रकाशित

विजय थापा ,मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित राधा गोविन्द पशुपतिनाथ मन्दिरले श्रीमद्भागवत तथा मन्दिर समुद्घाटन कार्यक्रमको लागि ५ सदस्यीय कोष वृद्धि समिति गठन गरेको छ । उक्त कोषवृद्धि समितिमा बाल्टिमोर क्षेत्रमा समाजसेवामा क्रियाशील रहेकी रीना केसी गौतम उक्त समितिको संयोजक पदमा मनोनित भएकी छिन् ।

आगामी जुन १०-१६, २०१८ सम्म हुने श्रीमद्भागवत महापुराण र जुन १७, २०१८ मा हुन गहिरहेको श्री पशुपतिनाथ मन्दिरको समुदघाटन कार्यक्रमको उक्त समिती गठन गरेको जानकारी गराएको छ । उक्त जानकारी राधा गोविन्द पशुपतिनाथ मन्दिर समितीका उप – सभापति बिश्वराज गौतम द्वारा जारी एक छापा बिज्ञप्ति मार्फत सार्बजनिक गरेका हुन् ।

उक्त कोष वृद्धि समितिमा संयोजकमा रीना केसी गौतम ,सदस्यहरुमा नित्या रेग्मी पौडेल ,ऋचा शाह ,कल्पना अधिकारी तथा पण्डित भिमराज कोइराला रहेका छन् ।

गत अक्षय तृतीया अप्रिल १८ तारिख बुधबार उक्त पशुपतिनाथ मन्दिरले आफ्ना भावी कार्यक्रम सप्ताह यज्ञ तथा मन्दिरको समुद्घाटन कार्यक्रम बारे जानकारी गराउने क्रममा उपस्थित भएकी रीना केसी गौतम तथा उनका जीवन साथी विकास गौतमको साथमा दम्पतिले $ ५ हजार ११ डलर नगद दिएका थिए । तत्काल समयमा दम्पत्तिले उक्त रकम सबै भन्दा ठुलो रकम दिएका थिए ।

दम्पत्तिले दिएको उक्त रकम मुख्य शिव लिङ्ग मुर्ति को लागि प्रयोग गरिने छ । स्मरण रहोस ,आगामी जुन १७ का दिन हुने समुद्घाटन समारोहको संयोजकमा डा बिशाल भण्डारी तथा जुन १० देखि १६ सम्म हुने सप्ताह महापुराणको लागि श्री राधा गोविन्द पशुपतिनाथका मन्दिरका संचालक समितिका सभापति श्रीवास दास संयोजक रहेका छन् ।

उद्घाटन हुने उक्त मन्दिरमा नेपालको पशुपतिनाथ मन्दिरमा जुन बिधि अनुसार पूजा आरधना सत प्रतिसत त्यहि प्रकृयाबाट यो मन्दिरमा गरिने छ । मन्दिर संगै कृष्ण मन्दिर ,बुढानिलकण्ठ को मुर्ति ,बुद्धको पार्क शान्ति उद्यान ,माउन्ट कैलाश अतिथि गृह ,हरि ओम फूल बगैचा समेत बनाउने योजना रहेको छ ।

प्रतिक्रिया