पार्टी एकताको खुसीयालीमा बालुवाटारमा रात्रीभोज

इनेप्लिज २०७५ जेठ ३ गते १३:०२ मा प्रकाशित
काठमाडौं , ३ जेठ, । एमाले र माओवादीको पार्टी एकताको खुसियालीमा बालुवाटारमा रात्रीभोज हुने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा नै रात्रीभोज राखिएको हो । एमाले र माओवादीको केन्द्रीय कमिटीको संयुक्त बैठकमा नबगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई रात्रीभोजको निम्ता दिएका हुन् ।

पार्टी एकता प्रक्रियाका क्रममा अधिकांश बैठक बिहीबार पनि बालुवाटारमा नै बसेको थियो । सुरुमा पार्टी एकता संयोजन समितिको बैठक बसेको थियो भने एमालेलेको केन्द्रीय कमिटीको अन्तिम बैठक पनि त्यही बसेको थियो ।

प्रतिक्रिया