मुगाली थापाकाे कूल देउता पूजा(देवाली) यसरी सम्पन्न ,को को आएका थिए र के के भयो ?

इनेप्लिज २०७५ जेठ २ गते २:२७ मा प्रकाशित

विजय थापा ,पृथ्वीनारायण शाहले युद्ध लड्न पठाएका सरदार रामकृष्ण थापा लामिछानेका सन्तानले धनकुटा मुगामा कुल देउताको पूजा भव्यताका साथ सम्पन्न गरेका छन् । लामिछाने थापाहरू गर्ग गोत्रका हुन्।

सरदार रामकृष्ण थापा लामिछाने थापा थिए । उनी राजा पृथ्वीनारायण शाहको आदेशमा युद्ध लड्ने हेतूले पोखराबाट गोरखा हुँदै धनकुटाको थाक्लेमा पहिला आइपुगेका थिए । पछि फेरि मुगा गाउँमा बसाइँ सरे र तिनका पुस्ताहरूलाई मुगाली थापा भनियो ।

भूतपूर्व प्रधान मन्त्रि स्व सूर्यबहादुर थापा, लामिछाने थापा क्षेत्री हुन् । नगेन्द्र थापा ,अजित नारायण थापा ,कृष्ण नारायण थापा ,पूर्व मन्त्रि सुनिलबहादुर थापा लामिछाने थापा हुन्। मुगाली थापा क्लब को बिशेष पहल तथा उनिहरुको सकृय सहभागितामा उक्त देवाली पूजा हर्सौल्लास को साथ सम्पन्न भयो ।

ॐ कुलदेवता भ्याे: नम मुगाली थापाहरुकाे कुलदेवता पुजा गत २०७५ बैशाख ३० गतेकाे पावन अवसरमा मुगा धनकुटामा कुलदेवताकाे देवता राखिएको थियो |

कुलदेवता पूजा स्थलकाे निम्ति स्व.ले.अर्जुन बहादुर थापाकाे पुण्यस्मृति,स्व.दुर्गा बहादुर थापा तथा स्व.करबीर थापाकाे पुण्यस्मृतिमा उपलब्ध जग्गा र पूर्व प्रधानमन्त्री स्व.सूर्य बहादुर थापा एवं माता स्व. सुषमा थापाकाे पुण्य स्मृतिमा प्राप्त जग्गामा पूर्व मंत्रि सुनिल बहादुर थापाले आफ्नो खर्चमा निर्माण कार्य गर्नु हुने हुदा साे निर्माण कार्यकाे शिलान्यास पूर्व मन्त्रिले सुनिल बहादुर थापा २०७५ साल बैशाख २९ गते मुगा धनकुटामा गरेका थिए ।

साथै साेहि समाराेहमा निर्माणकार्यमा जग्गा प्रदान गर्नु हुने ,निमार्ण कार्य गरि दिनु हुने दाताहरु एवं कुलदेवता पूजा स्थलमा खानेपानीकाे मुहान स्व.पिता माेहन ब.थापा एबं माता स्व.देवमाया थापा काे पुण्य स्मृतिमा निशुल्क प्रदान गर्नु हुने छाेरा तेज बहादुर थापालाई कुलदेवता सेवा मुगाली थापा समाज मुगा धनकुटा का अध्यक्ष डम्वरबीर थापाले सम्मान गरेका थिए ।

यसै गरि मुगाली थापाहरुकाे कुलदेवता पुजा (देवाली) हर्षाेल्लासपूर्वक भव्यताका साथ बैसाख ३० गते सम्पन्न भई समिक्षाकाे निम्ति मुगा धनकुटामा बैशाख ३१ गते कुलदेवता सेवा मुगाली थापा समाजकाे बैठक बसेकाे थियाे।

बैठकले कुलदेवता पुजा भव्यरुपले सफलतापूर्वक सम्पन्न गर्न सहयाेग पुर्‍याउने सबैमा धन्यवाद ज्ञापन गर्दै,आगामी केही दिन भित्रै संस्था दर्ता गर्ने र विभिन्न कार्यहरु संचालन गर्ने निर्णय गर्दै ,मुगा धनकुटा मा अतिथि गृह (गेष्ट हाउस) काे निमार्ण गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

फौदसिंह थापा,झुमका सुनसरीबाट रु २,००,००१/- ,शक्ति थापा , धरान-१२,सुनसरी बाट रु १,००,००१/ ,अजित नारायण सिं थापा,धनकुटा बाट रु. १,००,०००/-
डम्बर वीर थापा,काठमाडौं बाट रु.५०,००० रकम दिने घोषणा गरेका थिए ।

उक्त कुल देउता पूजामा करिव ५ सय भन्दा बढी दाजुभाईकाे सहभागिता रहेको थियो । देवालीमा कुलदेवता सेवा मुगालि थापा समाजका अध्यक्ष डम्बरबीर थापा पूर्व मन्त्री सुनिल बहादुर थापा ,अजित नारायण सिं थापा ,शंकर थापा “गाउले”,शक्ति थापा,कुमार बहादुर थापा लगायत थुप्रै थापाहरु जम्मा भएका थिए ।

यसै गरि मुगाली थापा क्लबबाट कूलपुजामा ब्यवस्थापन र देउता राख्ने घर र पूजास्थल(मण्डप)काे शिलान्यास पूर्वमन्त्री सुनिल ब.थापा बाट भएको थियो । उनका पितापूर्व प्रधानमन्त्री स्व.सूर्य बहादुर थापा एवं माता स्व.सुषमा थापाकाे पुण्यस्मृतिमा उनकै खर्चमा सबै निर्माण कार्य गरि दिने भएका छन् ।

जग्गा सबै स्व.ले.अर्जुन बहादुर थापा एवं स्व दुर्गा बहादुर थापा एवं स्व.करबिर थापाका सन्तति बाट वहांहरुकाे पुण्यस्मृतिमा प्रदान गरेकाेमा संम्मान गरिएकाे थियो । हाल मुगाली थापाका सन्तानहरु बिश्व का विभिन्न भागमा छरिएर रहेका छन् । यत्र तत्र सर्बत्र छरिएर रहेता पनि सक्ने सहयोग गर्ने गरेका छन् । गत बर्ष लामिछाने थापा क्षेत्रीको वंशावली पुस्तक एक भब्य कार्यक्रम बीच सम्पन्न भएको थियो ।

प्रतिक्रिया