शनिबार, कार्तिक ३ २०७५
काठमाडौं ०६:३०
वासिङटन डिसी 20:45

मेरिल्याण्ड बिश्वबिद्यालयमा नेपाली मूलका सम्राट झा ले नेपाल बारे बोल्ने अवसर पाए

इनेप्लिज २०७५ जेठ १ गते १:०४ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको सिल्भर स्प्रिंगमा बसोबास गर्दै आएका नेपाली मूलका २२ बर्षिय प्रतिभाशाली यूवा अभियन्ता (इन्जिनियर) सम्राट झा ले मेरिल्याण्ड बिश्वबिद्यालयमा पूर्वस्नातक दिक्षान्त समारोह(अन्डरग्राजुएट कमेन्समेन्ट ) मा नेपाल बारे बोल्ने अवसर पाएका छन् ।

सानै देखि चलाख र मेधावी छात्र रहेका झा ले पूर्वस्नातक दिक्षान्त समारोहमा १५ सय बिद्यार्थीको प्रतिनिधित्व गर्दै उनले नेपाल बारे बोल्ने अवसर पाएको उनका पिता सुशील कुमार झाले बताए ।

उनले डिसीमा बिगतमा पनि उच्च माध्यमिक (हाइ स्कुल ) दिक्षान्त समारोहमा नेपाल बारे भब्य कार्यक्रममा बोल्ने अवसर पाएका थिए । सम्राट कक्षा ३ देखि नै माइक्रोबस चढेर आफै बिद्यालय जाने गर्ने गरेको स्मरण रहेको उनका पिताले बताए । अहिले सम्झदा आश्चर्य लाग्ने पिता झा बताउदछ्न ।

उनका पिताले थप्दै उनि काठमाडौँ कपन बाट सुके धारा हिडेर जाने त्यहाँ बाट माईक्रोबस महाराजगंजको बिद्यालय आफै जान्थ्यो भने । उनि कम्प्युटर ईन्जिनियर भएकोले उनलाई अमेरिकाका प्रख्यात प्रतिष्ठानहरुले बोलाई रहेको र आजै उनि गुगलमा छनौट भएको बताए । जाने नजाने निर्णय गरि नसकेको उनका पिताले ईनेप्लिजलाई बताए ।

यसको साथै अमेरिकामा जीपीएस चल्ने तर नेपालमा यसले काम नगर्ने भएकोले सम्राट तथा अन्य साथीहरुको सयुक्त प्रयासमा नेपालको लागि उपयुक्त हुने सफ्टवेयर पिनपोइन्टर को नेपाल जस्तो देश को दुर्गम क्षेत्रमा काम लाग्ने बनाई रहेका छन् ।

मेरिल्याण्ड बिश्वबिद्यालयमा नेपाली मूलका सम्राट झा ले पूर्वस्नातक दिक्षान्त समारोहमा नेपाल बारे बोल्ने । आगामी मे २१ तारिख दिउसो १ बजे कलेज पार्क युनिभरसिटि अफ मेरिल्याण्डमा नेपाल बारेमा बोल्ने छन् ।

प्रतिक्रिया