सोमबार, कार्तिक ५ २०७५
काठमाडौं १३:२४
वासिङटन डिसी 03:39

राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान शाहको निधन

इनेप्लिज २०७५ वैशाख ३१ गते २३:२९ मा प्रकाशित

काठमाडौँ, ३१ वैशाख । नेपालीे राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणिविक्रम शाहको सोमबार साँझ ५ बजेर ४२ मिनेट जाँदा ५१ वर्षका उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ ।

कलेजोमा गम्भीर समस्या देखिएपछि आइतबार साँझ सो अस्पताल भर्ना हुनुभएका शाहको सोमबार उपचारका क्रममा निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत आरपी मैनालीले जानकारी दिनुभयो । “उहाँ अस्पताल आउँदा लिभर फेल भइसकेको थियो” मैनालीले भन्नुभयो, “जनरल इन्टेन्सिभ केयर युनिटमा राखेर उपचार शुरु गर्‍यौँ, त्यसमा पनि उहाँको अवस्थामा सुधार भएन, सोमबार बिहानदेखि भेन्टिलेरमा राखेर उपचार गर्दै थियौँ, साँझ निधन भयो ।”

अहिले अस्पतालमा खेलाडी, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र परिवारका सदस्यको बाक्लो उपस्थित रहेको बताइएको छ । –रासस

प्रतिक्रिया