शक्तिखोर एकल महिलाको अभिमुखीकरण

इनेप्लिज २०७५ वैशाख ३१ गते १०:५६ मा प्रकाशित

शक्तिखोर, ३१ बैशाख ।
चितवनको कालिका नगरपालिका वडा नं. ९ शक्तिखोरमा एकल महिला उत्थान सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । एकल महिला नगर समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा नगरका सबै वडाका गरी ५५ जना एकल महिलाहरुको सहभागीता रहेको थियो ।

समितिका संयोजक राधिका अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सुजाता पौडेल र मनिषा तिम्सीनाले सहजीकरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका नगर उपप्रमुख कमला भट्टराई, वडा नं. ९ का वडा अध्यक्ष हेम बहादुर क्षेत्री, जनप्रगति सामुदायिक वनका अध्यक्ष लेख बहादुर थापा, नगरपालिकाका सूचना अधिकृत बलराम लुइटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया