भाइरल ब्वाई ध्रुब बिककी आमा भन्छिन, ‘दिल्ली हाम्रा लागि बाजुरा बराबर छ तर काठमाडौँको छेउ हामी पुग्या छैनौ’ [हेर्नुहोस भिडियो साहित्]

इनेप्लिज २०७५ वैशाख ३१ गते १०:४१ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर : ११ वर्षको कलिलो उमेरमा आफु अध्ययन गर्ने विद्यालयको एक कार्यक्रममा गाउँदै गरेको भिडीयो भाइरल भएपछि ध्रुव बिकको निकै खोजी भैरहेको थियो। उनको प्रतिभाको कदर गर्दै र उनको प्रतिभा सबै माझ प्रस्तुत गराउन पिएनपिखबरडटकमको टिम ध्रुबको घर बाजुराको मार्तडी बजार पुगेको थियो।

नेपालको प्रदेश नं. ७ को विकट क्षेत्र बाजुरामा टिनको छानोले छाएको एउटा सानो झुप्रो देख्दा मन सार्है नै कुडिएर आउँछ।  ७ जनाको सदस्य बस्ने त्यो घरमा एक बाल प्रतिभा बिलाउने अबस्था थियो। बाजुरा जस्तै सांस्कृतिक र भौगोलिक बिबिधता भएको नेपालका कति भू-भाग होलान जहाँ प्रतिभा भएर पनि त्यसलाई उजागर गर्न सकेका छैनन्।

ध्रुबको परिवारमा ७ जना छन। उनका बाबु परिवारको जीविका-पार्जन गर्न भारत गएका छन्। ध्रुवको परिवारमा बाबु, आमा, दूई दाजु, दुई दिदी र एक भाउजु छन्।

उनकी आमा भन्छिन, ‘छोराले स्कुलका मास्टरबाट र विभिन्न भिडियो हेरर गीत गाउन् सिक्यो तर हाम्रो परिवारमा त्यस्तो कुनै प्रतिभा थिएन । घरको आर्थिक अबस्था अति नै नाजुक भएकाले छोराको प्रतिभा भएर पनि केहि गर्न सकेका छैनौ।’ तर उसको गायन कलालाई मन पराएर उसलाई कतैबाट अबसर मिल्छ कि भन्ने आशा रहेको उनले बताईन।

ध्रुव बिक अहिले कक्षा सातमा पढ्दै छन्। उनी गायनमा मात्र नभई पढाईमा पनि अब्बल छन्। उनी बेलुकाको समयमा आफै गीतको अभ्यास गरेर बस्छन। उनको परिवारको इच्छा उनलाई धेरै पढाएर कर्मचारी, डाक्टर या इन्जिनियर बनाउने थियो । तर ध्रुवको इच्छा गायनमा छ र गायनको लागि बाहिर जानुपर्छ । आफ्नो सपना पुरा गर्न सन्तान आफुबाट टाढा जानुपर्छ भन्दै पिएनपिखबरसंग कुरा गर्ने क्रममा ध्रुवकी आमाले मन थाम्न नसकी भक्कानिएर रोइन्।

भावुक हुँदै उनी भन्छिन, ‘हामीले काठमाडौको छेउ नै देखेका छैनौ, हाम्रो लागि दिल्ली बाजुरा जस्तै सहज छ तर काठमाण्डौ हाम्रा शाखा सन्तान कसैले पनि देखेका छैनौ । बाजुराका मानिस धेरै काठमाडौँ लागेका छन् तर हाम्रो घरका कोहि गएका छैनन् । अब छोरा गायक बने छ भने शायद काठमाडौँ पनि देखिएला।’

उनको आमासँगको कुराकानीले सम्पूर्ण सुदुरपश्चिमको अबस्था बताउँछ । बाजुरा नेपालको विकट क्षेत्र हो जहाँका मानिसलाई आफ्नो देशको राजधानी पुग्नुभन्दा दिल्ली पुग्नु नजिक लाग्छ। उनीहरुको लागि दिल्ली नै ठुलो शहर हो। ध्रुव बिकको परिवारजस्तै यस्ता कति परिवार होलान जसले आफ्नै देशको राजधानी कस्तो छ भनेर कल्पना मात्रै गरेका होलान।

बाजुरामा जस्तै सुदुरपश्चिममा धेरै क्षेत्र छन् जहाँ विकास पुगेको छैन। यस्ता कयौ प्रतिभाहरु विकासको पहुच नहुँदा त्यसै मरेका छन्। ठुलो-ठुलो विकास गर्छु भनेर देश हाक्ने सरकारले आफ्नै देशमा रहेका यस्ता ठाउँमा आखाँ पुराएका छैनन। उनीहरुको लागि शहर भनेको ‘आकाशको फल जतिकै छ’ ।

हामीले हाम्रो संचार माध्यमलाई मेरुदण्ड बनाई ध्रुव बिकलाई हजुरहरु माझ प्रस्तुत गरेका छौ । आशा छ ध्रुव बिक आज एक आम बालक भए पनि भविष्यमा एक कुशल गायक बनेर आफुलाई मात्र हैन सिंगो देशलाई पनि चिनाउने छन् । पिएनपिखबरको टिम ध्रुव बिक भाईको उज्जवल भविष्यको कामना गर्दछ ।

हेर्नुहोस ध्रुव बिकको आमासँग गरिएको मार्मिक कुराकानी :

 

प्रतिक्रिया