भर्जिनियामा एचबि ह्यारी भण्डारी संग अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न

इनेप्लिज २०७५ वैशाख ३१ गते २:१३ मा प्रकाशित

मे १३ ,मेरिल्याण्ड राज्यमा हुन् गै रहेको निर्वाचनको लागि डेमोक्रेटीक दलका उम्मेद्वार नेपाली मूलका एचबि (ह्यारी)भण्डारी संग भर्जिनियाका नेपाली समुदायले अन्तक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।

उनि हाल मेरिल्याण्ड राज्यको स्टेट डेलिगेट जिल्ला ८ मा डेमोक्रेटिक दलको तर्फबाट उम्मेदवार रहेको र उनलाई सहयोग गर्न भर्जिनियामा बसोबास गर्ने नेपाली समुदायको पहलमा उक्त कार्यक्रम को आयोजना गरेका हुन् ।

डेमोक्रेटीक दलका उम्मेद्वार नेपाली मूलका भण्डारी दोश्रो पटक उम्मेदवार दिएका छन् l उनले सन् २०१४ मा अमेरिकन प्रतिनिधि सभाका लागि जिल्ला ८ मा डेमोक्रेटिकको तर्फबाट उम्मेदवारी दिएका थिए । यस पटक राम्रो अवसर बन्दै गएकोले यस पटक राम्रो अवस्थामा भण्डारी रहेका छन् ।

मेरिल्याण्ड स्टेट डेलिगेट्स( राज्य विधानसभा सदस्य ) को लागी ” भण्डारी जिताउ अभियान” अन्तर्गत अमेरिकाका विभिन्न राज्यमा /शहरमा उनि समय व्यवस्थापन गरि पुग्ने गरेका छन् । नेपाली समुदायले निकै समर्थन गरि रहेका छन् ।

कार्यक्रममा नेपाली जन सम्पर्क समिति अमेरिकाका उप सभापति केशव बराल ले कार्यक्रम संचालक गरेका थिए भने प्रा डा गोपी उप्रेती एचबि
(ह्यारी )भण्डारी को बारेमा बोल्दै सबै लाई सहयोग गर्न आव्हान गरेका थिए । उनले युवा र राम्रो अवस्था रहेकोले यो ठुलो अवसर भएको बताएका थिए ।

एचबि भण्डारीले मन्तब्य राख्दै आफ्नो अवस्था र आफु चुनाव अभियानमा लागेको बारे तथा गतिविधिको बारेमा चर्चा गरेका थिए । उनले सबैलाई सक्नेले आर्थिक सहयोग, स्वयम् सेवक सहयोगको लागि आव्हान समेत गरेका थिए ।

उक्त कार्यक्रममा शुभकामना तथा मन्तब्य राख्नेहरुमा एएनए का अध्यक्ष मेदिनी अधिकारी ,समाजसेवीहरुमा अर्जुन सिग्देल ,परशुराम भण्डारी , मुक्ति पन्त ,कविन्द्र सिटौला, भरत रेग्मी र एनआरएन भर्जिनिया च्याप्टर का उपाध्याय कृष्ण भण्डारी  रहेका थिए ।

यसै गरि मेरिल्याण्डका तरुण पौडेल ले एचबि भण्डारी को चुनावी वस्तु स्थिति ,आर्थिक संकलन ,चुनाव अवस्था बारे लगायत कुराहरु को जानकारी दिएका थिए । कार्यक्रमको समन्वय डा गोपी ऊप्रेति ,लक्ष्मि कान्त गौडेल ,राम बस्याल ,मेदिनी अधिकारी ,केशब बराल ,कमल भुसाल,,गोबिन्द सुबेदी ,परशुराम भन्डारी,कृष्ण खनाल ,गुण राज लुईटेल ,दधिराम ढुगाँना ,राम शरण हुमागाई मुक्ति नाथ पन्थ लगायतले गरेका थिए ।

तस्बिर सौजन्य :लक्ष्मी गौडेल

 

 

 

प्रतिक्रिया