प्रश्न एक उत्तर अनेक को तेश्रो शृंखला सार्वजनिक

इनेप्लिज २०७५ वैशाख २९ गते २२:५४ मा प्रकाशित

विजय थापा,नेपाली नयाँ बर्ष २०७५ को अवसरमा अमेरिका बाट प्रारम्भ भएको प्रश्न एक उत्तर अनेक को तेश्रो शृंखला सार्वजनिक भएको छ । पहिलो प्रस्तुतिमा नेपाल तथा अमेरिकामा रहेका ख्याती प्राप्त कलाकार ,खेलाडी तथा अन्यलाई समेट्दै उनीहरुका शुभकामना सन्देश लिइएको थियो ।

तेश्रो प्रस्तुतिमा मिश्रित व्यक्तित्वहरु संग लिइएको अन्तर्वार्तामा सबै भन्दा कुन संगीत बाजा मन पराउनु हुन्छ भन्ने प्रश्न राखिएको थियो । र सबैलाई छोटो गीत गुन गुनाउन सक्नु हुन्छ भन्ने जिज्ञाशामा गीत सुनाएका थिए ।

उक्त कार्यक्रम का कार्यकारी निर्माता लोचन मान श्रेष्ठ हुन् भने श्रेष्ठ तीन दशक देखि सानो पर्दामा नेपाल टेलिभिजनबाट प्रसारित चर्चित कार्यक्रम हत्तेरिका र होश प्रसाद रहेछु भन्ने साप्ताहिक धारावाहिकमा तथा अन्य नेपाली धाराबाहिक लघु दूरचलचित्र निर्देशन गरेका छन ।

प्रश्न एक उत्तर अनेक कार्यक्रम हरेक पन्ध्र (पाक्षिक) रुपमा प्रदर्शन हुन्छ । प्रश्न एक उत्तर अनेक कार्यक्रम युट्युब च्यानल सिल्भरगेट इन्टरटेन्टको प्रस्तुति हो । कार्यक्रममा संगीतकार न्हयू बज्रचार्य ,वरिष्ठ गायक मधु छेत्री ,कलाकार राजाराम पौडेल ,गायक संजय श्रेष्ठ ,श्रद्धा प्रसाई ,गायक संजिव प्रधान ,हास्य कलाकार खेम शर्मा ,लोक गायक राम प्रसाद खनाल ,प्राध्यापक माधवी कार्की बस्नेत लगायतले गुन गुनाएका थिए ।

कार्यक्रम प्रस्तोता गोमा संग्रौला प्रसाईले गरेकी छिन् ।

प्रतिक्रिया