नव प्रतिभा गायक रुद्र शेखर शर्मा को “मैले छेके” नया नेपाली गीत सार्वजनिक

इनेप्लिज २०७५ वैशाख २९ गते २१:२४ मा प्रकाशित

नव प्रतिभा गायक रुद्र शेखर शर्मा को मैले छेके नया नेपाली गीत सार्वजनिक भएको छ । रुपम क्रिएसन को प्रस्तुति उक्त नया गीत को बोल मैले छेके भन्ने रहेको छ । स्वर रुद्र शेखर शर्मा को रहेको छ भने शब्द संजय बरालले दिएका छन् ।

संगीत तथा प्रबन्ध धनु ग्याङ्गमि तथा कलाकारहरुमा स्वयम गायक रुद्र शेखर शर्मा तथा अन्जली ले अभिनय गरेका छन् । नृत्य निर्देशन रोहित बस्नेत तथा क्यामरा (चित्रग्राहिणी ) अर्जुन तिवारी तथा टोलीको रहेको छ ।

सम्पादन निशान घिमिरे तथा निर्देशन केदार धितालको रहेको छ । उक्त भिडियो मे १० तारिखमा सार्वजनिक भएको हो ।

प्रतिक्रिया