बाल्टिमोर पशुपतिनाथ मन्दिर द्वारा श्रीमद्भागवत तथा मन्दिर समुद्घाटन कार्यक्रमको लागि स्वयंसेवक समिति गठनको घोषणा

इनेप्लिज २०७५ वैशाख २९ गते २०:३८ मा प्रकाशित

 

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित राधा गोविन्द पशुपतिनाथ मन्दिरले श्रीमद्भागवत तथा मन्दिर समुद्घाटन कार्यक्रमको लागि स्वयंसेवक समिति गठनको घोषणा गरेको छ ।

आगामी जुन १०-१६, २०१८ सम्म हुने श्रीमद्भागवत महापुराण र जुन १७, २०१८ मा हुन गहिरहेको श्री पशुपतिनाथ मन्दिरको समुदघाटन कार्यक्रमको लागि ईश्वर शर्माको संयोजकतत्वमा ५१ सदस्य बृहत स्वम्सेवक समिती गठन गरेको जानकारी गराएको छ । उक्त जानकारी राधा गोविन्द पशुपतिनाथ मन्दिर समितीका उप – सभापति बिश्वराज गौतम द्वारा जारी एक छापा बिज्ञप्ति मार्फत सार्बजनिक गरेका हुन् ।

उक्त समितीका सदस्यहरुमा बासु पौडेल ,सुरज भण्डारी ,निर बहादुर छेत्री,विशाल रिजाल,परसु राम शर्मा,मनिष रिजाल,बिनोद शर्मा,पारस पौडेल,प्रकाश सिग्देल ,माधव पौडेल ,कमल सिग्देल,बिनोद रिजाल ,प्रकाश अधिकारी,कृष्ण जी सी ,डि. बि. सिलवाल राम जी शर्मा रहेका छन् ।

यसै गरि स्वयम सेवक सदस्यहरु मै विकाश गौतम ,शक्ती कार्की,संसार गौतम ,सचिता बास्तोला ,शुरज शाही ,राधिका चापागाई ,शुसील पङेनी,रामेश्वर के.शी.
शर्मिला खड्का ,समुन्द्र पौडेल ,शकुन्तला पहाडी,कल्पना मल्ल ,सुरेश कोईराला ,प्रकाश रश्मी सिग्देल ,प्रमिला भट्ट ,बिजय अधिकारी ,बिनोद गौतम ,चन्द्र राना भाट,दिपक शिवाकोटी ,केशव राज कोईराला ,क्षितिज भण्डारी ,लक्ष्मी चालिसे उपेन पौडेल ,राजेश झा ,कल्पना अधिकारी,देव मल्ल ,ध्रुव खड्का ,सिता आचार्य
पार्वती ढकाल ,रचिता खनाल ,कल्पना महत ,दीपेन्द्र रायमाझी ,राजेन्द्र थापा तथा रविन शर्मा रहेका छन् ।

गत अक्षय तृतीया अप्रिल १८ तारिख बुधबार उक्त पशुपतिनाथ मन्दिरले आफ्ना भावी कार्यक्रम सप्ताह यज्ञ तथा मन्दिरको समुद्घाटन कार्यक्रम बारे जानकारी गराएको थियो । उक्त अवसरमा बाल्टिमोर क्षेत्र वरपर रहेका समाजका अगुवा तथा समाजसेवीहरुलाई भेला गरि सुझाव ,सल्लाह र परामर्श लिएको थियो |

आगामी जुन १७ का दिन हुने समुद्घाटन समारोहको संयोजकमा डा बिशाल भण्डारी तथा जुन १० देखि १६ सम्म हुने सप्ताह महापुराणको लागि श्री राधा गोविन्द पशुपतिनाथका मन्दिरका संचालक समितिका सभापति श्रीवास दास संयोजक रहेका छन् ।

नेपालको पशुपतिनाथ मन्दिरमा जुन बिधि अनुसार पूजा आरधना गरिन्छ सत प्रतिसत त्यहि प्रकृयाबाट यो मन्दिरमा गरिने छ । मन्दिर संगै कृष्ण मन्दिर ,बुढानिलकण्ठ को मुर्ति ,बुद्धको पार्क शान्ति उद्यान ,माउन्ट कैलाश अतिथि गृह ,हरि ओम फूल बगैचा समेत बनाउने योजना रहेको छ । उनले आगामी जुन १७ तारिखमा अस्थाई रुपमा पशुपतिनाथ मन्दिरको उद्घाटन हुने छ ।

प्रतिक्रिया