श्रीमती हुँदाहुँदै आफ्नै छोरीलाई गर्भवती बनाएपछि …

इनेप्लिज २०७५ वैशाख २८ गते ०:३१ मा प्रकाशित

हाम्रो समाजमा बाबुछोरीको सम्बन्धलाई पवित्र मानिन्छ। तर, अमेरिकामा एउटा यस्तो घटना बाहिरिएको छ जहाँ पिताले श्रीमती छाडेर आफ्नै छोरीसँग विहे गरेका छन् ।

अमेरिकाको कनेक्टिकटस्थित न्यू मिलफोर्ड टाउनमा स्टीवन प्लाडले आफ्नी श्रीमतीलाई तब डिभोर्स दिए जब उनकी १९ वर्षे छोरी (केटी नाम गरेकी) गर्भवती थिइन् । श्रीमती हुुँदाहुँदै छोरीसँग अवैध सम्बन्ध राखेका स्टीवनले गर्भवती भएपछि श्रीमतीलाई डिभोर्स दिए र छोरी केटीसँग विहे गरी वैधानिक रुपमै श्रीमती बनाए। श्रीमती नहुुँदा उनी छोरीलाई श्रीमतीकै रुपमा हेर्थे र सम्बन्ध राख्दै आएका थिए।अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमका अनुसार विहेपछि छोरी अर्थात नयाँ श्रीमती केटीले बच्चा जन्माइन् । बच्चा जन्माएको ७ महिनासम्म सम्बन्ध ठिकै चल्दै थियो । तर समस्या त्यहाँनेर आयो जब छोरी अर्थात नयाँ श्रीमती केटीले उनलाई छोडेर अर्कै पुरुषसँग हिडिन् । आफूूलाई छाडेपछि तनावमा परेका स्टीवनले केटी, बच्चा र शरण दिने पुरुषको उनकै घरमा घुुसेर गोली हानी हत्या गरे ।

त्यसपछि आफैलाई गोली हानेर आत्महत्या गरे ।प्रहरीले केटी र पुुरुषको शव पिकअप ट्रकमा फेला पारी बरामद गरेको छ भने बच्चाको शव घरभित्र भेट्टायो ।प्रहरी अनुसन्धानमा स्टीवन र केटी अवैध सम्बन्ध राखेको आरोपमा यसअघि पनि पक्राउ परिसकेका थिए । केटीकी आमाको उजुरीका आधारमा उनीहरु पक्राउ परेका थिए । तर, दुबैको मन मिलेपछि कस्को के

https://www.youtube.com/watch?v=pgSgc4x2-uQ

प्रतिक्रिया