मजदुर दिवस “नारा र यथार्थ” [भिडियो रिपोर्ट]

इनेप्लिज २०७५ वैशाख २० गते ११:१७ मा प्रकाशित

सन्दीप खत्री

आज मे १ अर्थात मजदुर दिवस। काठमाडौं उपत्यका लगायत देशैभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ। नेताहरु मजदुरको हकहितको लागि भन्दै चिल्ला भाषण गरिरहेको बखत मजदुरहरु भने आफ्नो दैनिक कामकाजमा व्यस्त छन। काम नगरे दुई छाक जुटाउन धौ-धौ पर्ने उनीहरुलाई यो दिवसले पटक्कै छोएन।

वर्षमा एक दिन आउने मजदुर दिवसका बारेमा धेरैजसो कामदारहरु अनविज्ञ नै थिए। इट्टा भट्टामा कामदारहरु सिजनमा रातभर इट्टा भट्टाको लागि इट्टा बनाउँने गर्छन । रातभरी काम गरेका उनीहरु दिनभरी पनि इट्टा बनाउन मै तल्लीन हुन्छन् । इट्टा भट्टाका अधिकांश कामदारहरु मजदुर दिवसको दिनमा समेत आफ्नो काममा व्यस्त छन। अहिले इट्टा भट्टाको सिजन चलिरहेको हुँदा कामदारहरु भने आफ्नो जीविकोपार्जन गर्नको लागि टन्टलापुर घाममा पनि आफ्नो पसिना बगाउन नै व्यस्त छन।

इट्टा भट्टामा काम गर्न आउने अधिकांशले सपरिवार नै काम गर्ने गरेका छन। दैनिक १२ हजार देखि १५ हजारसम्म कमाई हुने भएकोले पनि इट्टाभट्टातर्फ कामदार आकर्षित भएका छन । बाल मजदुरको समेत इट्टा भट्टाहरुमा उत्तिकै प्रयोग भएको पाउन सकिन्छ। यस्ता बाल मजदुरलाई परिवारले नै इट्टा भट्टामा काममा ल्याउनेगर्छन।

इट्टा भट्टामा काम गर्ने बालमजदुरहरु आफुलाई अध्ययन गर्न रुची भएतापनि गरिबीको कारण परिवारको पेट पालनको लागि भएपनि काम गर्नुपर्ने बाध्यता रहेको बताउछन। सरकारले इट्टा भट्टालाई बालमजदुर रहित बनाउन बिभिन्न नीति तथा कार्यक्रम संचालन गरेतापनि यो प्रभावकारी बन्न सकेको छैन । राम्रो लाउने र मिठो खानको लागि भएपनि आफु इट्टा भट्टामा काम गर्न अआफुखुशी आएको एक बालमजदुरले पिएनपिखबरलाई बताए।

पछिल्लो समय इट्टा भट्टामा हुने श्रम शोषण, यौन दुर्व्यवहार लगायतका घटनामा कमि आएतापनि बाल मजदुरको प्रयोगले भने निरन्तरता पाइरहेको छ। डलरको खेतीमा पल्केका केहि एनजीओ र आइएनजिओले इट्टा भट्टाको बाल मजदुरको हकहितको लागि काम गरेतापनि खालि डलर पचाउने बहाना मात्र बन्न पुगेको छ। सरकारको ठोस योजना र कार्यनीति नहुँदा हजारौ बालश्रमिकको भबिष्य अन्धकारतर्फ धकेलिरहेको छ।

 

सरकार पक्षबाट यस बिषयमा गम्भीर हुनु जरुरी छ होइन भने बालमजदुरको समस्याले उग्र रुप नलेला भन्न सकिन्न। एनजीओ र आइएनजिओहरुलेपानी निहित स्वार्थ भन्दा माथि उठेर मजदुरको हकहि

प्रतिक्रिया