इश्वोर पोख्रेल अविरलको ” कति बज्यो भनेर सोधम कि ? “सार्बजनिक

इनेप्लिज २०७५ वैशाख १५ गते १:२० मा प्रकाशित

पछिल्लो समय नेपालमा जति कै विदेशमा बिशेष गरि अस्ट्रेलिया र अमेरिकाबाट नेपाली म्युजिक भिडियोहरु बन्ने क्रम उतिकै बढेको छ, नेपाली नया बर्ष पछिको १ हप्तालाई हेर्ने हो भने विदेशबाट पनि धेरै भिडियोहरु सार्बजनिक भए त्यही मध्यको एक हो इश्वोर पोख्रेल अविरलको ” कति बज्यो भनेर सोधम कि ? ”
एकनारायण भण्डारीको शब्द अनि संगीतमा अस्ट्रेलियामा रहदै आएका गायक इश्वोर पोख्रेल अविरलले आफ्नो नयाँ गीत सार्बजनिक गरेका छन् । बर्षा शिवाकोटी र आकाश श्रेष्ठलाई फिचरिङ्ग गरिएको गीतलाई अहिलेका ब्यस्त निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् भने रिकेश खड्काको सम्पादन रहेको छ । इश्वोर पोख्रेलकै आधिकारिक YouTube Channel मार्फत गीत सार्बजनिक गरिएको हो ।

गायक इश्वोर पोख्रेल : २०५८ साल देखि नेपाली गीत संगीतमा निरन्तरता दिदै आएको छु , न त भूगोल ले नै छेक्यो न त विभिन्न परिस्थितिले सायद सम्पूर्ण श्रोता दर्शक, साथीभाइ आफन्त अनि संगीतप्रेमीहरुको मायाले नै हो, आज सम्म सक्रिय नै छु , आदर्णीय चर्चित गीतकार एकनारायण भण्डारी ज्यूको मिठो शब्द अनि संगीतमा ” कति बज्यो भनेर सोधु कि ” लिएर आएको छु । मलाई हरेक पटक सहयोग अनि हौसला दिने सम्पूर्ण महानुभाव, मिडियाकर्मी प्रति सदैब कृतज्ञ छु । यहाँहरुको शेयर, कमेन्ट,लाइक, युटुब सब्सक्राइब आदिको अपेक्षा गर्दै गीतमा प्रायोजन गरि सहयोग गर्नु हुने “नेपलीज इन्काउन्टरर्स एडुकेसनल कनसलटेन्सि” प्रति आभार ब्यक्त गर्दछु , जय गीत जय संगीत

प्रतिक्रिया