आइतबार, कार्तिक ९ २०७७
काठमाडौं ०४:४९
वासिङटन डिसी 19:04

धुर्मुश-सुन्तलीको अर्को उत्कृष्ट काम: १२५ बालबालिकालाई पढाउने जिम्मा लिए (हेर्नुस् तस्वीरहरु)

इनेप्लिज २०७५ वैशाख १४ गते ३:१४ मा प्रकाशित

महोत्तरी, १३ बैशाख । परोपकारी काम गर्दै नेपालीको मनमा बस्न सफल कलाकारहरु सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मश-सुन्तली) महोत्तरीका १२५ बालबालिकाको अभिभावक बनेका छन् ।

महोत्तरीको गौशाला ७, मनहर्वाका १ सय २५ जना विद्यालय जाने उमेर पुगेका बालबालिकालाई धुर्मुश-सुन्तली फाउन्डेसनले सामुदायिक विद्यालयमा भर्ना गराएका हुन् । विहीबार फाउन्डेसनका उपाध्यक्ष एवम हाँस्य कलाकार कुञ्जना घिमिरेले मुसहर समुदायका बालबालिकालाई नजिकै रहेको नेपाल जनजाति आधारभुत बिद्यालयमा भर्ना गराएकी हुन ।

रोग, शोक र भोकको कारण विद्यालय जानबाट वन्चित मुसहर बस्तीका वालवालिकाहरु विद्यालय गएपछि स्थानियहरु हर्षित भएका छन । बस्ती छेउमै विद्यालय भएतापनि उमेर पुगेका बालबालिकाहरु बिद्यालय नगई अरुको बारीमा गई मुसा मार्ने, बालश्रम गर्न बाध्य हुने गरेको बस्तीकी वयोवृद्ध दुखी सदाले बताइन् ।

प्रतिक्रिया