कृष्ण धरावासी को नेपाली चलचित्र भोर

इनेप्लिज २०७५ वैशाख १३ गते १०:४७ मा प्रकाशित

 

अर्चना थापा ,साहित्यकार कृष्ण धरावासी को कृति #झोला माथी फिल्म बनाएर दर्शकका मन जितेका निर्देशक यादव कुमार भट्टराई नयाँ फिल्म #भोर लिएर फेरी दर्शक सामु आउनु भएको छ । आज भोरको स्क्रिनिङमा ढिलो पुगेकोले खचाखच हल भित्र बस्ने ठाउँ नपाईएला जस्तो लागेको थियो । बल्लतल्त सिट पाईयो र बस्ने बित्तिक्कै फिल्म शुरु भयो ।

मध्यान्तर सम्म फिल्मले यसरी बाँध्योकी हलमा ममात्रै छु जस्तो अनुभव भयो । छोरीको विवाहमा वर पक्षले माग गरेको दाईजो दिन नसक्दा छोरीका परिवारले भोगेका मुटु चिमोटने घटनाहरुले यसरी बाँध्यो की फिल्म हेर्दै छु भन्ने भान सम्म भएन । आफूपनि छोरीकी आमा भएकोले होला अन्यायमा परेका छोरीका परिवारका दुख हेर्दा मन आक्रोशित हुनु स्वभाविक थियो ।

छोरीका विवाहमा आमाबुबाले छोरी मात्रै होइन रिन काढेर भएपनि दाईजो दिन पर्ने बाध्यता देख्दा मन थाम्न सकिन । कति सम्म निरिह छोरीका बाबुआमा ! फिल्मका राम्रा पक्ष पनि छन र थप राम्रो बनाउन सक्ने पक्ष पनि छन् ।
#भोर किन मूलधार फिल्मबाट फरक छ ? र किन मलाई मन पर्¬यो !

१) “स्टार” र ‘स्टारडम”को नखरारहित #भोर को प्रस्तुति राम्रो छ । चकलेटी हिरोर हिरोइन नराखेर बनाएको रिस्क मन पर्यो । नाम नसुनेका कलाकारहरुको अभिनय जिवन्त छ ।

२) फिल्ममा ताईनतुईँको गीतको छैन । कुनै गीत नभएपनि फिल्छ हुन्छ भन्ने पक्ष राम्रो…

३) अनावश्यक मारधाड, भिलेन बिनाको फिल्म हो भोर । भिलेन घर बाहिर मात्रै हुँदैनन् । घर भित्रका भिलेनहरु जो परिवारका सदस्य पनि हुन सक्छन त्यो पक्ष पनि राम्रो छ ।

४) एउटा वा दुईटा मात्र वाक्य बोल्ने फिल्मकी हिरोईन (नाम थाहा भएन) खुट्टा खुच्याउँदै न्याय प्राप्तिको लागी हिड्छे र अन्तमा….. हिरोईन हेर्न भएपनि फिल्म हेर्नुस । शुरुवातमा हिरोईन झ्याल भित्र मौन बसेको देखिन्छ । तर परिवारमा अन्याय परेको बेला झ्याल पछाडी देखिने मौन र अचल छोरी घरको संघार नाघेर न्यायप्राप्तीको खोजीमा हिडेको राम्रो …

५) फिल्ममा प्रयोग भएको मैथली भाषा

दाईजोको बिषय अत्यन्त सम्बेदनशील विषय हो यो हामी सबैको चासोको विषय हो । फिल्ममा सासूको क्रुरताको उत्तरमा सीमा आभास को लेख “सासू प्रशासन र बुहारी पदवी” पढनु पर्छ । किन छोरीका आमाबुबा यति हद सम्म निरिह ? छोरीको विवाह गर्दा ऋण काढेर भएपनि वरपक्षको दाईजो डिमान्ड पुरा गर्ने तम्तयार तर छोरीलाई आत्मनिर्भर बनाउने तर्फ विचार छैन ?

कोर्टको सिनहरुमा थप काम गरेको भए अझ राम्रो हुन्थ्यो । वकीलको अभिनय अझ राम्रो हुनसक्थ्यो । पात्रहरुको दुख र पिडाको समय सँगै सुर्यास्तका बिम्ब सान्दर्भिक लाग्छन् र अन्तमा छठपर्वको सुर्योदयसित फिल्मको अन्त हुन्छ सायद त्यसैले “भोर” शिर्षक राखिएको होला ! तर फिल्म हलबाट बाहिरिँदा अनुत्तरित प्रश्नहरुले बाटाभरी पच्छ्याए । चार छोरीका बाबुआमाले अरु छोरीहरुको विवाहको लागी केकस्तो विचार गरे ?

फिल्ममा दाईजोको समस्यालाई पर्याप्त सम्बोधन गर्न सकियो ? विवाहित छोरीको हत्याले गर्दा फिल्मको विषयवस्तु दाईजोको कुप्रथाबाट हत्यातिर मोडियो ? वर पक्षले छोरीको हत्या नगरेको भए छोरीका परिवारले दाईजोप्रथा विरुद्ध अपिल गर्थे ? अन्तमा पिडित परिवारले न्याय त पाए तर अरु छोरीहरुको विवाह र दाईजोको समस्याबारे उनीहरुको विचार के कस्तो रह्यो ?

जे जस्तो अनुत्तरित प्रश्नहरु बोकेर घर फर्केपनि निष्कर्ष रह्यो फिल्म राम्रो छ । जेठी छोरी नेपालमा भएकोले उसलाई पनि भोर देखाउने विचार गरेकी छु । फिल्मको लागी #भोर का सम्पुर्ण टिमलाई बधाई !

प्रतिक्रिया