न्यू योर्क ‘नेपाल डे परेड’ चरम विवादमा फसेको र जन चासोको बिषय भएकोले चिरफार कार्यक्रम गर्न लागिएको हो “संचार कर्मी सच्ची मैनाली

इनेप्लिज २०७५ वैशाख १३ गते १:५५ मा प्रकाशित

विजय थापा ,न्यु योर्कमा सन् २०१६ र २०१७ मा ‘नेपाल डे परेड’ नामक कार्यक्रम सफलता पूर्वक सम्पन्न गरि सकेको कार्यकमको रकमको हिसाब किताब तथा अर्थ फर्छौट नहुँदाको बिषयलाई लिएर नेपाल दे परेड २०१८ कार्यक्रम चरम विवादमा फस्दै गएको छ ।

आगामी कार्यक्रम हुने या नहुने ? या कसले नेतृत्व गर्ने र अन्य संघ/संस्थाहरु सहभागिता हुने या नहुने बिषय आदी ईत्यादी बिषयमा अझ पनि विवादै कायम रहेको अवस्था छ । गैर आवासीय नेपाली संघ अमेरिकाले पनि कार्यक्रम गर्न पहल गरि रहेको छ ।

फिप्नाको महासंघको नयाँ कार्यसमितिलाई पूर्व गरि सकेका “नेपाल डे परेड’ को हिसाब फर्छौट नहुँदा सम्म परेड स्थगनको लागि कानूनी उपचार खोज्ने र वर्खास्त सम्म गरिएको अहिले बजारमा चर्चा परिचर्चा को बिषय वस्तु बनेको छ ।

यसै बिषयलाई लिएर संचारकर्मी सच्ची मैनालीले कार्यक्रम गर्ने भएकी छिन् । उनले किन न्यु योर्क नेपाल डे परेड २०१८ विवादको भूमरीमा जकडिन गयो ? र कसले ? किन ? र कसरी ? र यसका लागि के निकास दिन सकिन्छ ? र समाधान कसरी गर्न सकिन्छ भन्ने हेतुले आगामी अप्रिल २७ तारिख शुक्रबार कार्यक्रम गर्ने बताइन ।

संचार कर्मी मैनालीले अगाडी भनिन ,यसै सेरोफेरोमा अमेरिकामा रहेका विभिन्न क्षेत्रका सामाजिक अगुवाहरु संग सामाजिक संजाल फेसबुक (मुहार पुस्तिका ) प्रत्यक्ष प्रसारण को माध्यम द्वारा चिरफार कार्यक्रम गर्ने हुनाले आफू जोड तोडले लागेको बताईन ।

सामाजिक सचेतनामा सदैव खबरदारी गरि रहने पत्रकारिता पेशामा संलग्न हामी संचारकर्मिको यो जिम्मेबारी पनि हो उनले भनिन । यसको साथै जन सरोकार र जन चासोको बिषय भएकोले हामीले यसमा हात हालेको बताइन l

उनले अगाडी भनिन हामी विवाद मुक्त समाज चाहन्छौ । विवाद ,कलह र झगडा बाट हामी बिदेशी भूमिमा मुक्त हुनु पर्छ । अन्य राज्य भन्दा न्यु योर्क किन यसरी पटक पटक विवादमा फस्दछ ?

हामी उदाहरण बन्नु पर्छ भन्ने मुख्य ध्येय रहेकोले सबैको सहयोगको अपेक्षा गर्दै यस्ता बिषयमा आफ्ना सुझाव ,सल्लाह केही छन् भने आफूलाई सूचना प्रदान गर्न हुन् समेत आग्रह गरेकी छिन् ।

प्रतिक्रिया