ताजा समाचार : ट्रम्प प्रशासनले ९ हजार नेपालीलाई स्वदेश फर्काउने तथा अस्थाई सुरक्षित दर्जा(टिपीएस) रद्ध गर्ने तयारी

इनेप्लिज २०७५ वैशाख १२ गते १:४३ मा प्रकाशित

अमेरिकामा अस्थाई सुरक्षित दर्जा को सुबिधा उपयोग गरि रहेका नेपालीलाई ट्रम्प प्रशासनले ९ हजार नेपालीलाई स्वदेश फर्काउने तयारी तथा अस्थाई सुरक्षित दर्जा(टिपीएस) रद्ध गर्ने तयारीमा जुटेको वाशिंगटन पोस्टले समाचार लेखेको छ ।

अमेरिकन डिपार्टमेन्ट अफ होम ल्याण्ड सेक्युरिटीले अस्थाई रुपमा बसोबास गर्ने र अस्थाई सुरक्षित दर्जा सुबिधा पाएकालाई उक्त सुबिधा रद्ध गर्ने तयारीमा रहेको समेत लेखेको छ ।

यस सम्बन्धि वाशिंगटन पोस्टका अनुसार आन्तरिक योजना दस्ताबेज वाशिंगटन पोस्टले हेरेको जनाएको छ । साथै अस्थाई सुरक्षा दर्जा कि मुख्य व्यक्ति तथा होम ल्याण्ड सेक्युरिटी कि किर्स्टजेन निल्सेन ले नेपालीहरुलाई एक बर्ष छूट अवधि दिने तयारीमा रहेको लेखेको छ ।

तर जुन २४ २०१९ देखि यस्ता सुबिधा प्राप्त गरेका लाई देश निकाला गर्ने छ भनि वाशिंगटन पोस्टमा समाचार छ ।

प्रतिक्रिया