जनकबि भाजु दुर्गा लाल श्रेष्ठ द्वारा रचित नेपाल भाषाको गीत “नेवा: छ नेवा: जु” सार्बजनिक

इनेप्लिज २०७५ वैशाख १२ गते ०:५७ मा प्रकाशित

जनकबि भाजु दुर्गा लाल श्रेष्ठ द्वारा रचित नेपाल भाषाको गीत “नेवा: छ नेवा: जु” सार्बजनिक भएको छ ।उक्त गीत गत मार्च ३१ तारिख बिश्व नेवा: दिवसको उपलक्ष्यमा आधिकारिक रुपमा official lyrical भिडियो युट्युबमा ल्याईएको हो ।

उक्त भिडियो बिश्व नेवाः अर्गेनाइजेशन सम्मेलन नेपालमा र नेपा:पाशा पुचा:,अमेरिका र नेवा अर्गेनाइजेशन अमेरिका द्वारा आयोजित ” वर्ल्ड नेवाः डे मा आधिकारिक रुपमा सार्बजनिक गरिएको थियो !

यसका गीतका रचनाकार दुर्गालाल श्रेष्ठ हुन् भने संगीत पुस्कर प्रजापतिले गरेका हुन् । स्वर: जुजुकाजी रंजित , पबित्र कसा:, सतिश महर्जन, दीपा ,रानीशोभा ,र रत्नशोभा महर्जनको रहेको छ ।

यस गीत को रेकर्डिङ्ग ज्योति रेकर्ड्समा फिरोज बज्राचार्यले गरेका हुन् । यस गीतको संयोजन (म्युजिक एरेन्जर) फिरोज बज्राचार्य लगायत सुजय श्रेष्ठले सहयोग गरेका छन् ।

यस गीतमा नेपाल को परम्परागत बाजाहरु ,धिमे भुस्या:,ता ,मृदंगा ,मादल ,सारंगीहरुले भरिपूर्ण प्रयोग गरिएको छ । यो गीत युट्युमा हेर्न सकिन्छ ।

प्रतिक्रिया