बेलायतमा नेपाली सांगेतिक उत्सव २०१८ मनाईदै ।

इनेप्लिज २०७५ वैशाख १२ गते ०:१० मा प्रकाशित

यहि आउदो सन २०१८ मे महिना १२ तारिख सनिबारको दिन बेलायतको ईलेक्ट्रिक, ब्रिक्सटन लण्डनमा भब्य नेपाली सांगेतिक उत्सव २०१८ “गोर्खा वरियर्स” ले आयोजना गर्ने भएको छ ।

बेलायतमा रहेका नेपाली नयाँ तथा पुराना पुस्ताहरुको संगीत रुचिलाई मध्य नजर गर्दै यस सांगेतिक उत्सवमा पप गीत देखि सुगम संगीतहरुको लाईभ ब्याण्ड प्रस्तुती सँगै भरपुर मनोरञ्जन दिलाउन नेपालबाट बहु चर्चित गायकहरु आस्था बेण्डको नरेन लीम्बु, निमा रुम्बा, “द अरजिनल ड्यू” (फर्मर १९७४ एडी) का चर्चित गायकहरु एड्रियन प्रधान र फिरोज स्याङ्देनहरु बेलायत आउने जानकारी आयोजक टिमका अल्विन लीम्बु र पिटर गुरुङ्गले दिएका छन ।

उक्त सांगेतिक उत्सवको लागी हलको क्षमताको तिन तिहाई टिकटहरु बिक्रि भई सकेको छ र बिक्ने क्रम जारी रहेको र अझै टिकट नलिएका ईच्छुकहरुले यो दिईएको लिङ्कमा गएर सम्बन्धित ब्याक्ति सँग सम्पर्क या सोझै अनलाईन लिङ्कबाट पनि टिकट खरिद गर्न सकिने छ । https://www.facebook.com/events/955180291302859/

बेलायतमा धेरै सांङ्गेतिक कार्यक्रमहरु भएपनि यो सांङ्गेतिक कार्यक्रम भने अलि प्रिथक रहने जानकारी पनि आयोजक टिमले दिएका छन । साँझ ८ बजेबाट मध्यरात १२ बजे सम्म सांङ्गेतिक कार्यक्रम हुने त्यस पश्चात डिजे फाट र डिजे एस काजीको साथमा विहानको ४ बजे सम्म नाँच हुने आयोजकले जानकारी दिएका छन ।

 

प्रतिक्रिया