बुधबार, कार्तिक १२ २०७७
काठमाडौं ०७:३३
वासिङटन डिसी 21:48

गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह

इनेप्लिज २०७५ वैशाख ११ गते ९:११ मा प्रकाशित

काठमाडौँ, वैशाख ११ गते । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानलाई संस्थागत गर्न सबै दल मिल्नुपर्ने बताउनुभएको छ ।

रत्नराज्य माविको ५७ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले संघीय गणतन्त्रात्मक र समावेशी संविधानलाई संस्थागत गर्ने बाटामा सत्तामा बसेका र विपक्षी दल एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

सांसद सिंहले रत्नराज्य विद्यालय नमूना विद्यालयका रुपमा अगाडि बढिरहेको बताउँदै अझै गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गर्नुभयो । सो अवसरमा उक्त विद्यालयमा पढेर मुलुकका उच्च ओहदामा पुगेका व्यक्तिलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया